विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । लमजुङमा निर्माणाधीन ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनाको विद्युतगृह पुग्ने पहुँच सुरुङ खन्ने काम सम्पन्न भएको छ । सिउरी न्यादी जलविद्युत हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको विद्युतगृह पुग्ने ३८७ मिटर पहुँच सुरुङ खन्ने काम सकिएको हो ।

आयोजनाको मुख्य संरचना पूग्ने पहुँच सुरुङ खन्ने काम सकिएको आयोजना संयोजक यज्ञ प्रसाद सुवेदीले बताए । ‘आयोजनाको जटिल कार्यको रुपमा रहेको बाँधसम्मको ७ किलोमिटर लामो पहुँचमार्ग र विद्युतगृहसम्म पुग्ने पहुँच सुरुङ पूरा भएको छ’, उनले ऊर्जा खबरसँग भने, ‘अब आयोजना निर्माणको काम द्रुत गतिमा अघि बढ्नेछ ।’

३० प्रतिशत निर्माण पूरा भएको आयोजनाको सबै क्षेत्रको काम भइरहेको सुवेदीले बताए । बाँध, सुरुङको काम तिव्र गतिमा अघि बढेको छ । सुरुङको २ वटा अडिटसहित ५०० मिटर खन्ने काम सकिएको छ । विद्युतगृह पुग्ने पहुँच सुरुङ पूरा भएकाले अब अर्को सातादेखि विद्युतगृहको काम सुरु गरिने पनि उनले बताए ।

आयोजनाको काम आगामी २ वर्षभित्र सम्पन्न लक्ष्य रहेकाे कम्पनीले जनाएकाे छ । आयोजनाको विद्युत खरिद सम्झौताअनुसार आगामी २०८१ असारभित्र उत्पादन सुरु गर्ने तालिका छ ।

यो आयोजना हाई हिमालय र धवलागिरि कन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट प्रालिले संयुक्तरूपमा निर्माण गरिरहेका छन् । आयोजना सम्पन्न गर्न ७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा ६ वित्तीय संस्थाले ५ अर्ब २५ करोड रुपैयाँ (७५ प्रतिशत) ऋण लगानी र १ अर्ब ७५ करोड रुपैयाँ (२५ प्रतिशत) स्वपुँजी लगानी छ ।

आयोजनाबाट वार्षिक २३५.७६ गिगावाट घन्टा (२३ करोड ५७ लाख ६० हजार युनिट) विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत आयोजनास्थलदेखि ११ किलोमिटर टाढाको १३२ केभी तारीकुना खुदी सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको लाइन कम्पनी आफैंले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३