विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले जलविद्युतमा करिब ९ अर्ब रुपैयाँ लगानी गरेकाे छ । कम्पनीले निर्माण पूरा भइसकेका, निर्माणाधीन तथा अब निर्माणमा जाने  जलविद्युत आयोजनामा यति लगानी गरेको हो ।

जलविद्युत आयोजनाको विकासमा भएको यो लगानी बैंक तथा वित्तीय संस्थाको ऋण बाहेकको हो । कम्पनीले सबैभन्दा पहिले रसुवामा २२.१ मेगावाटको चिलिमे जलविद्युत आयोजना निर्माण गरेको थियो । यो आयोजना २ अर्ब ५२ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो । 

विद्युत उत्पादन सुरु भएको १७ वर्ष पूरा भइसकेकाले यो आयोजना निर्माण गर्दाको बैंक तथा वित्तीय संस्थाको ऋण पहिले नै चुक्ता भइसकेको छ । यो आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि विद्युत बिक्रीबाट हुने आम्दानी नयाँ आयोजनामा लगानी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभाव मिश्रले बताए । 

‘सुरुवातमा कम्पनीले सानो आयोजनामा लगानी गर्यो,’ उनले ऊर्जा खबरसँग भने, ‘त्यहाँबाट आम्दानी हुन थालेपछि लगानी दायर पनि बढाउँदै लगेका हौंं ।’ कम्पनीले सहायक कम्पनीमार्फत अघि बढाएका आयोजना सम्पन्न भएपछि यो दायरा अझै बढाउन सकिने पनि बताए ।

अहिले कम्पनीले सहायक कम्पनीमार्फत २ सय ७० मेगावाटका ४ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन, १ सय ११ मेगावाटको रसुवागढी र १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजना निर्माणाधीन छन् । 

माथिल्लो सान्जेन, सान्जेन र रसुवागढी रसुवामा निर्माण भइरहेका आयोजना हुन् । मध्यभोटेकोसी सिन्धुपाल्चोकको भोटेकोसी नदीमा निर्माणाधीन छ । सान्जेन जलविद्युत कम्पनीले अघि बढाएका २ आयोजनामा कम्पनीले १ अर्ब ४४ करोड रुपैयाँ लगानी गरेको छ । सान्जेनमा गरिएको यो लगानी कूल स्वपुँजी लगानीको ३८ प्रतिशत हो ।

यस्तै, रसुवागढी हाइड्रो पावर कम्पनीमार्फत अघि बढेको रसुवागढी आयोजनामा कम्पनीको २ अर्ब २४ करोड रुपैयाँ लगानी छ । कम्पनीले रसुवागढी आयोजनामा गरेको लगानी कूल स्वपुँजीको ३३ प्रतिशत हो । 

मध्यभोटेकोसी जलविद्युत कम्पनीमार्फत अघि बढेको मध्यभोटेकोसी आयोजनाम पनि २ अर्ब २२ करोड रुपैयाँ लगानी भएको छ । यो लगानी कूल स्वपुँजीको ३८ प्रतिशत हो । 

निर्माणाधीन आयोजनामध्ये ३ वटाको काम अन्तिम चरणमा पुगेको छ । मध्यभोटेकोसीको भने आधा मात्रै काम सकिएको छ । निर्माणाधीन सबै आयोजना सम्पन्न भई सञ्चालनमा आएपछि कम्पनीको आम्दानी स्वतः बढ्नेछ । आम्दानी बढेसँगै कम्पनीको लगानी क्षमता पनि बढ्ने देखिन्छ ।

कम्पनीले अहिले ५ सय ८५ मेगावाटका २ जलविद्युत आयोजनाको अध्ययन गरिरहेको छ । ४ सय २० मेगावाटको बूढीगण्डकी प्रोक र १ सय ६५ मेगावाटको सेती नदी आयोजना अध्ययनको चरणमा छन् । यी आयोजना निर्माण गर्न ६ अर्ब रुपैयाँ स्वपुँजी लगानी आवश्यक पर्ने अनुमान छ ।

कम्पनी मातहतमा चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेस् कम्पनी पनि छ । इन्जिनियरिङ कम्पनीमा चिलिमेकाे ६ कराेड लगानी छ । इन्जिनियिरङ कम्पनीले अध्ययन गरिरहेका आयोजनामा ५४ करोड रुपैयाँ लगानी भइसकेकाे छ । 

अहिलेसम्मको इतिहासलाई हेर्दा चिलिमे सफल जलविद्युत उत्पादक कम्पनी हो । सार्वजनिक निजी साझेदारी (पिपिपि) मोडलमा जलविद्युतमा लगानीको सुरुवात चिलिमेबाटै भएको थियो । सबै जलविद्युत प्रवद्र्धकले यही मोडल पछ्याउँदै जलविद्युतमा लगानी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit