विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले कुलेखानी जलविद्युत् केन्द्रका सञ्चालन हुने गरेको कुलेखानी जलाशय (इन्द्रसरोबर) केही घण्टामै भरिन लागेको जानकारी दिएको छ । शुक्रबार रातीदेखि भइरेको अति भारी वर्षाका कारण जलाश केही घण्टाभित्रै भरिने भएकोले बाँधको सुरक्षाका लागि बाँधका सबै ढोका खोलेर पानी बगाउनु पर्ने अवस्था आउन सक्ने र यसले कुलेखानी नदी तथा बागमती नदीमा बाढी आउने सम्भावना भएकोले सतर्कता अपनाउन प्राधिकरणले तटीय क्षेत्रका स्थानीयवासीलाई आग्रह गरेको छ । 

साथै इन्द्रसरोबर गाउँपालिकाले पनि कुलेखानी नदी आसपास घर भएका वडा नं. २ र ३ का स्थानीयलाई सतर्कता अपनाउन आग्रह गर्दै सूचना जारी गरेको छ । 

त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागले समेत सूचना जारी गरी कुलेखानी नदी आसपासका स्थानीय, तल्लो तटीय क्षेत्र आसपासका स्थानीय तथा सर्लाही र रौतहट जिल्लाको बागमती नदी आसपासका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ । 

यो जलाशयको पानीबाट ६० मेगावाटको कुलेखानी प्रथम, ३२ मेगावाटको कुलेखानी दोस्रो र १४ मेगावाटको कुलेखानी तेस्रो गरी १०६ मेगावाट बिजुली उत्पादन हुँदै आएको छ ।  

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३