विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नुवाकोटको तादी खोलामा निर्माणाधीन ५ मेगावाटको तल्लो तादी खोला जलविद्युत आयोजनाबाट अबको डेढ महिनामा विद्युत उत्पादन सुरु हुने भएको छ । निर्माण अन्तिम चरणमा पुगेको आयोजनाबाट कात्तिक दोस्रो सातादेखि विद्युत उत्पादन सुरु गर्ने तयारी भइरहेको हो ।

आयोजनाबाट असोजभित्र नै विद्युत उत्पादन सुरु गर्ने लक्ष्य भए पनि उपकरण ढुवानी गर्न ढिला भएकोले उत्पादन तालिका धकेलिएको बुद्धभूमी नेपाल हाइड्रो पावर कम्पनीका सञ्चालक बलराम खतिवडाले बताए । उनका अनुसार अब सबै काम सकेर कात्तिक दोस्रो सातादेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ ।

अहिले उपकरण जडान सँगै पेनस्टक पाइप जडान र पालुवा थिग्राउने पाेखरीमा पानी भरेर परीक्षण गर्ने काम भइरहेको उनले बताए । ‘आयोजनाको सिभिल संरचनाको काम सम्पन्न भइसकेको छ’ उनले ऊर्जा खबरसँग भने, ‘हाइड्रो र इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम अन्तिम चरणमा पुगेको छ । यो काम कात्तिक पहिलो साताभित्र सम्पन्न गरेर विद्युत उत्पादन सुरु गर्ने याेजनामा छाैं ।’

आयोजनाबाट उत्पादन भएको विद्युत ३ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको समुन्द्रटार सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरिरहेको छ ।

प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ । लाइनको टावर ठड्याउने काम सकिएको छ । तार तान्ने काम आधाभन्दा बढी पूरा भएको छ ।आयोजना सम्पन्न गर्न १ अर्ब १९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सिद्धार्थ बैंकको अगुवाईमा माछापुच्छ्रे, बैंक अफ काठमाडौं, एनसीसी बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ ।

तादी बेसिनमा यो आयोजनासँगै थप २५ मेगावाटका ४ जलविद्युत आयोजना निर्माणको विभिन्न चरणमा छन् । निजी क्षेत्रले अनुमतिपत्र लिएर स्वदेशी लगानीमा ३ देखि ११ मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माण अघि बढेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३