विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
जलविद्युत् आयाेजनाकाे वित्तीय व्यवस्थापन पूरा

काठमाडौँ । अपर बलेफी हाइड्रो पावर लिमिटेडले अघि बढाएको ४६ मेगावाटको अपर बलेफी जलविद्युत् आयोजनामा लगानी जुटेको छ । आयोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाईमा ४ वटा बैंकले ७ अर्ब ७ करोड रुपैयाँ लगानी गर्ने भएका हुन् । यसका लागि बुधबार सहवित्तीयकरण ऋण सम्झौता भएको प्रवर्द्धक कम्पनीले शुक्रबार जानकारी गराएको छ । सम्झौता पत्रमा लक्ष्मी सन्राइज बैंकका प्रमुख व्यापार अधिकृत मनिषराज कुँवर, कृषि विकास बैंकका क्रेडिट व्यवसाय र कोष विभाग प्रमुख सुदीपकुमार दाहाल, नेपाल एसबीआई बैंकका प्रबन्धक प्रवीन भट्टराई,  माछापुच्छ्रे बैंकका प्रमुख पूर्वाधार तथा कर्पोरेट ऋण प्रवर्धक बिनीतचन्द्र झा र अपर बलेफी हाइड्रोपावर लिमिटेडका निर्देशक सञ्जयकुमार साहले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार आयोजनामा लक्ष्मी सनराइज बैंकले ४ अर्ब ७ करोड रुपैयाँ लगानी गर्ने भएको छ । त्यस्तै, कृषि विकास बैंकले १ अर्ब ५० करोड, एसबीआई बैंकले १ अर्ब र माछापुच्छ्रे बैंकको ५० करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।  ९ अर्ब ४६ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत लगानी ऋण लगानी र २५ प्रतिशत प्रवद्र्धकको स्वपुँजी (इक्विटी) लगानी गर्ने गरी वित्तीय व्यवस्थापन पूरा गरिएको हो । 

सिन्धुपाल्चोकको जुगल गाँउपालिकास्थित बलेफी नदीमा नदी प्रवाहमा आधारित (आरओआर) आयोजना निर्माणका लागि कम्पनीले २०७८ साल साउन ३२ गते विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पाएको थियो । कम्पनीले २०८० साल मंसिर ५ गते नेपाल विद्युत् प्राधिकरणसँग यस आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) समेत गरिसकेकोे छ । 

अपर बलेफी कम्पनीका प्रवद्र्धकहरूमा गोल्यान ग्रुप, एचआर गोयल ग्रुप, सिद्धार्थ ग्रुप र उमेश कसजु रहेका छन् । आयोजनाबाट वार्षिक करिब २७४.८९ गिगावाट आवर इनर्जी उत्पादन हुने बताइएको छ । 

यस परियोजनाको प्रमुख योजनाकार गोल्यान समूह हो । हाल गोल्यान समूहले १४ वटा विद्युत् परियोजनाहरू अघि बढाउने योजना बनाएको छ । ती मध्ये ८ वटा जलविद्युत् र ६ वटा सौर्य ऊर्जा परियोजनाहरू रहेका छन् । परियोजना अन्तर्गत सन्  २०३० सम्म ९०० मेगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३