विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निजी क्षेत्रले उत्पादन गरेको १० मेगावाट सौर्य विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । इको पावर डेभलपमेन्ट कम्पनीले धनुषाको ढल्केबरमा निर्माण गरेको मिथिला सौर्य विद्युत आयोजनाको विद्युत प्रणालीमा जोडिएको हो ।

आयोजनाले उत्पादन गरेको विद्युत ढल्केबर सबस्टेसनमा लगेर जोडिएको छ । आयोजनाले गत फागुन २ गतेदेखि परीक्षण उत्पादन गरिरहेको कम्पनीले जनाएको छ । आयोजनामा साढे ४ मेगावाटका २ वटा र १ मेगावाटको एउटा गरी ३ वटा उत्पादन युनिट छन् । अहिले सबै युनिट सञ्चालनमा आइसकेका छन् ।

२ साताको परीक्षण उत्पादनको अवधि पूरा भएपछि आयोजनाले व्यावसायिक विद्युत उत्पादन सुरु गर्नेछ । कम्पनीले ९० करोड रुपैयाँ लागतमा आयोजना सम्पन्न गरेको हो । आयोजनामा प्राइम बैंकले ऋण लगानी गरेको छ । आयोजना सञ्चालन हुँदा हिउँदमा भारतबाट हुने विद्युत आयातको परिमाण घटाउन योगदान पुग्ने कम्पनीको दाबी छ ।

निर्माण सुरु भएको ६ महिना यो आयोजना सम्पन्न भएको थियो । यो नै निजी लगानीमा निर्माण भएको अहिलेसम्मको ठूलो सौर्य विद्युत आयोजना हो । आयोजनाले उत्पादन गरेको विद्युत प्रतियुनिट ७.३० रुपैयाँमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ ।

२२ बिघा क्षेत्रफलमा आयोजनाका उपकरणहरू राखिएको छ । यो आयोजनाको डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम कुशल प्रोजेक्ट्स नेपाल कम्पनीले गरेको हो ।

आयोजनाबाट दैनिक ६० हजार युनिट विद्युत उत्पादन भइरकेको कम्पनीका प्रबन्ध निर्देशक सन्दीप अग्रवालले बताए । उनका अनुसार आयोजनाले मासिक १९ लाख युनिटभन्दा बढी विद्युत उत्पादन गर्न सक्नेछ । यस कम्पनीले अन्य ५ वटा सौर्य विद्युत आयोजनामा पनि काम गरिरहेको छ ।

निजी क्षेत्रले सरकारको मिश्रित ऊर्जाको अवधारणाअनुरुप सौर्य ऊर्जामा लगानी गरिरहेको छ । यसअघि रिडी हाइड्रो पावर कम्पनीले साढे ८ मेगावाटको बुटवल सौर्य विद्युत आयोजनाको सफल निर्माण गरी प्रणालीमा जोडिसकेको छ । अहिले दर्जनौं सौर्य विद्युत आयोजना निर्माणाधीन छन् ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit