विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जुम्लाको गुठिचौर गाउँपालिकामा ५० किलोवाट क्षमताको सौर्य विद्युत आयोजना बनाउन सुरु गरिएकाे छ । गाउँपालिकाकाे वडा नम्बर –२ वडा स्थित मुरुली गाउँमा विद्युतीकरण गर्न साैर्य विद्युत आयोजनाकाे निर्माण थालिएकाे हाे । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) र गाउँपालिकाको संयुक्त लगानीमा सौर्य विद्युत आयोजनाको काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । उनका अनुसार आयोजना सम्पन्न गर्न ३ करोड ५६ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनामा केन्द्रकाे ३ करोड २१ लाख रुपैयाँ र गाउँपालिकाको ३५ लाख रुपैयाँ लगानी रहनेछ । ‘वडाभित्रका २ सय बढी घरधुरीलाई विद्युत सेवा पुर्याउन उद्देश्यले सौर्य विद्युत आयोजनाको काम सुरु गरेका छाैं,’उनले ऊर्जा खबरसँग भने, ‘टुकीकाे भरमा जीवन गुजारिरहेका वडाबासीले अबकाे ३ महिनाभित्र विद्युत उपयाेग गर्न पाउनेछन् ।’

गाउँपालिका अन्तर्गत ५ वटा वडा छन् । वडा नम्बर ३, ४ र ५ का अधिकांश गाउँमा विद्युत पहुँच पुगिसकेकाे छ ।  २ नम्बर वडामा पनि ३ महिनाभित्र पूर्ण विद्युतीकरण गरिसक्ने लक्ष्य रहेकाे उनले बताए ।

गाउँपालिकाको वडा नम्बर १ मा अहिलेसम्म विद्युत पहुँच पुगेकाे छैन । याे वडाकाे विद्युतीकरणका लागि ४८ किलोवाट क्षमताकाे लघुजलविद्युत आयोजना निर्माण भइरहेको छ । यो आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । उनका अनुसार अबकाे एक महिनाभित्र काम पूरा गरी याे वडामा पनि विद्युत पहुँच पुर्याउने गाउँपालिकाले तयारी गरिरहेकाे छ । 

जिल्लाको चन्दननाथ नगरपालिकामा मात्र अहिलेसम्म राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको छ । गत साउनमा जुम्लामा राष्ट्रिय प्रणालीकाे विद्युत पुगेकाे हाे । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit