विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तनहुँ जिल्लामा निर्माण भइरहेको १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम ८३ प्रतिशत सकिएको छ । तनहुँ हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको सुरुङको काम अन्तिम चरणमा पुगेको हो ।

अहिलेसम्म १२२० मिटर सुरुङ खनिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १२३६ मिटर खन्न बाँकी छ । मुख्य सुरुङको माथिल्लो क्षेत्रतर्फ आवश्यक सर्पोटका लागि रकबोल्ट, सटक्रिट, स्टिल्स, रिवलगायत जडान कार्य सम्पन्न भएको छ । कमजोर भौगर्भिक अवस्थाका कारण यसअवधिमा मुख्य सुरुङ खन्ने कार्यको प्रगति केही प्रभावित भएको पनि कम्पनीले जनाएको छ ।

यसैगरी, पेनस्टक सुरुङमा पाइप जडान, वेलिङ तथा कंक्रिटिङकाे कार्य भइरहेको छ । सेती नदीमा बन्ने बाँधबाट मुख्य सुरुङतर्फ पानी लैजानका लागि दायाँ किनारतर्फको पहाड (स्लोप) खन्ने कार्य भइरहेको छ ।
भूमिगत विद्युत्‌गृह निर्माणका लागि खन्ने काम सकिएको छ । सर्ज ट्याङ्कको ठाडो सुरुङ खन्ने काम पनि सकिएको कम्पनीले जनाएको छ । विद्युत्‌गृहमा रहने दुई वटा टर्वाइन जडान भइरहेको छ ।

आयोजनाको सुरुङ, विद्युत्‌गृह निर्माण र हाइड्रो मेकालिन तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग  १५ असोज २०७५मा खरिद सम्झौता भएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता वमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात सिनो हाइड्रोले ६ माघ २०७५ बाट आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ ।

आयोजना निर्माण पूरा भएपछि उत्पादन हुने विद्युत् चितवनको भरतपुर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको लाइनको काम पनि भइरहेको छ । यसअघि वन क्षेत्रको नीतिगत समस्याका कारण ६ महिनाअघिदेखि रोकिएको काम पुनःसुचारु भएको छ । प्याकेज–३ अन्तर्गत निर्माण भइरहेको लाइनको समस्या समाधान गरी पुनःसुचारु गरिएको हो ।

केइसी इन्टरनेशनल लिमिटेडले निर्माण गरिरहेको लाइनको ७० वटा टावरको जग हाल्ने कार्य सम्पन्न भएको छ । साथै, ३३ वटा टावर जडान र १३ वटा टावरको जग संरक्षण कार्य सम्पन्न भएको छ । २.९४ प्रतिशत तार तान्ने काम पनि सकिएको छ । लाइन निर्माणका लागि केइसीसँग १० पुस २०७५ मा भएको खरिद सम्झौता १० फागुन २०७५मा कार्यान्वयनमा आएको थियो ।

आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय मार्फत तनहुँ ग्रामिण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।

यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनहरूसम्म विद्युत् पुर्‍याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरूमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरू जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।
रकममध्ये एसियाली विकास बैंकले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख अमेरिकी डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit