विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज ३०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालमा पश्चिम सेती, एसआर–६, फुकोट कर्णालीलगायत जलविद्युत् परियोजना विकास गर्न लागिपरेको भारतको प्रमुख ऊर्जा कम्पनी एनएचपीसी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । 

कम्पनीका वित्त निर्देशक आरपी गोयलले कोषका लागि १ रुपैयाँको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका छन् । त्यस्तै, ९०० मेगावाटको जलविद्युत् परियोजना विकास गरिरहेको कम्पनी एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी प्रालिले १ करोड रुपैयाँको चेक प्रदान गरेको छ । कम्पनीको इलेक्ट्रो मेकानिकल तथा ट्रान्समिसन लाइनतर्फका सीई प्रशान्त शर्माले उक्त रकम बराबरको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । यो कम्पनी भारतीय सतजल जलविद्युत् निगमको नेपाली सहायक कम्पनी हो । 

त्यस्तै, प्रभु बैङ्कका अध्यक्ष देवीप्रसाद भट्टचनले बैंकका तर्फबाट १ करोडको चेक कोषका लागि प्रदान गरेका छन् । 

प्राइम कमर्सियल बैङ्कका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले ३१ लाखको चेक तथा प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लबाट २५ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अध्यक्ष शिक्षा भट्टचनबाट २५ लाख र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माबाट २५ लाखको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ । 

प्रधानमन्त्री ओलीले हालैको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहतका लागि कोषमा सहयोग गरेकोमा सबैमा धन्यवाद दिएका छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३