विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पाँचथरस्थित १० मेगावाटको काबेली ‘बी’-१ क्यासकेड जलविद्युत आयोजनाको परीक्षण सुरु भएको छ । निर्माण पूरा भइसकेको आयोजनाको सिभिल संरचना तथा हाइड्रोमेकानिकल उपकरणको परीक्षण भइरहेको हो ।

एक सातादेखि आयोजनाको संरचनामा पानी भरेर आन्तरिक परीक्षण गर्ने कार्य भइरहेको प्रवद्र्धक अरुण भ्याली हाइड्रो डेभलपमेन्ट कम्पनीका अध्यक्ष रमेशप्रसाद न्यौपानेले बताए । उनका अनुसार आयोजनामा जडान भएका हाइड्रोमेकानिकल उपकरणको पनि परीक्षण एकसाथ भइरहेको छ ।

‘सिभिल र हाइड्रोमेकानिकलतर्फ संरचनामा पानी भरेर परीक्षण गर्ने कार्य एक सातादेखि भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘इलेक्ट्रोमेकानिकलतर्फ पनि मेसिनको जडान कार्य सम्पन्न भई अहिले अन्तिम चरणको परीक्षण भइरहेको छ ।’ उनले आन्तरिक परीक्षणको चरण पूरा हुन करिब १ महिना लाग्ने बताए ।

आयोजनाको संरचनाको अवस्था परीक्षण भइसकेपछि नै आयोजनाबाट विद्युत उत्पादन सुरु गर्न सकिने पनि उनले बताए । आयोजनाको सबै परीक्षण पूरा गरेर विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने कम्पनीले जानकारी दिएको छ ।

यो आयोजना निर्माण सुरु भएको करिब २० महिना अवधिमा निर्माण सम्पन्न भई प्रसारण प्रणालीमा जोडिन लागेको हो । आयोजनाबाट गत असोजमा नै विद्युत उत्पादन गर्ने तालिका बनेको भए पनि कोरोना (कोभिड–१९) महामारीले निर्माण अवधि लम्बिँदा आयोजनाको विद्युत उत्पादनको मिति पनि धकेलिन पुगेको हो ।

यो आयोजना २५ मेगावाटको काबेली–‘बी’–१ को क्यासकेड आयोजना हो । काबेली–‘बी’–१ को विद्युतगृहबाट विद्युत उत्पादन भई निकास हुने पानीको उपयोग यो आयोजनाबाट विद्युत उत्पादन हुनेछ ।

काबेली–‘बी’–१ ले छोडेको पानी यो आयोजनाको विद्युतगृहसम्म पठाउन १२ सय मिटरको कंक्रिट नहर र साढे १२ सय मिटर लामो ‘लो प्रेसर’ पेनस्टक पाइप राखिएको छ । आयोजनाको विद्युतगृहमा जर्मनीको डब्ल्युकेभीले उत्पादन गरेका इलेक्ट्रोमेकानिकल उपकरण जडान गरिएको छ ।  

आयोजनाको विद्युत प्रवाह गर्न प्रसारण लाइनको समस्या छैन । आयोजनाले उत्पादन गर्ने विद्युत १३२ केभी काबेली कोरिडोर प्रसारण लाइनको अमरपुर सबस्टेसनमा जोडिनेछ ।

आयोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा १ अर्ब ४० करोड रुपैयाँ बैंकको ऋण लगानी हो । आयोजनामा बैंक अफ काठमाडौंको अगुवाईमा कुमारी बैंकको पनि लगानी छ ।

६० करोड रुपैयाँ स्वपुँजी लगानी हो । स्वपुँजी लगानी जुटाउन कम्पनीले हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले यसअघि संखुवासभाको पिलुवा खोलामा ३ मेगावाटको जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ ।

कम्पनीले पिलुवाको विद्युत बिक्रीबाट हुने आम्दानी सहायक कम्पनीमार्फत आधा दर्जन बढी जलविद्युत आयोजनामा लगानी गरेको छ । काबेली–‘बी’–१ क्यासकेड आयोजनामा भने कम्पनीको शतप्रतिशत लगानी छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit