विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवामा निर्माण सकिन लागेकाे ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको सुरुङमा पानी भरेर परीक्षण सुरु गरिएकाे छ । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको ३६३० मिटर लामो सुरुङमा पानी भर्न सुरु गरिएको हो ।

सोमबारदेखि सुरुङमा पानी भर्न सुरु गरेको कम्पनीका प्रमुख कार्यकारी अधिृकत सुनिलकुमार ढुंगेलले बताए । ‘निर्माण सकिएको सुरुङमा पानी भरेर परीक्षण सुरु गरेका छौँ,’ उनले ऊर्जा खबरसँग भने, ‘सुरुङमा पानी भर्न २ देखि ३ साता लाग्छ, पुरै सुरुङको परीक्षण पूरा गर्न डेढ महिना लाग्ने अनुमान छ ।’

सुरुङको परीक्षण सकिएपछि जेनेरेटरलगायत अन्य हाइड्रो तथा इलेक्ट्रोमेकानिल उपकरणको परीक्षण गरिने पनि ढुंगेलले बताए । ९९ प्रतिशत निर्माण पूरा भएको आयोजनाको अन्तिम चरणको छुटफुट काम भइरहेको छ ।

अहिले इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम भइरहेको छ । सिभिल तथा हाइड्रो मेकानिकलतर्फको काम पनि अन्तिम चरणमा पुगेको छ । आयोजनाको निर्माण तथा परीक्षण पूरा गरी फागुनभित्र पहिलो युनिटबाट विद्युत् उत्पादन थाल्ने लक्ष्य रहेको पनि ढुंगेलले जानकारी दिए ।

आयोजनाबाट उत्पादित विद्युत् २ किलोमिटर लामो दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको चिलिमे हब–सबस्टेसनमा जोडिने छ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइनको काम भने पूरा भइसकेको छ ।

आयोजना निर्माण सम्पन्न गर्न ५ अर्ब २ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । तर, निर्माणमा ढिलाई, डलरको मूल्यवृद्धि र मुद्रास्फिति लगायतका कारणले यो आयोजनाको लागत बढ्न सक्ने कम्पनीले जनाएको छ ।

आयोजनाको काम यसअघि नै सम्पन्न गर्ने कम्पनीको लक्ष्य थियो । तर, यसअघि नै झेल्नुपरेको भूकम्प, बाढी पहिरो, नाकाबन्दी, विभिन्न सरकारी तथा गैर–सरकारी निकायबाट पाउनुपर्ने स्वीकृतिमा ढिलाइ, ठेकेदारको कार्यसम्पादनमा ढिलाइ तथा कोभिड–१९ लगायत विविध कारणले गर्दा आयोजना सम्पन्न हुने मिति लम्बिदै गएको पनि कम्पनीले जनाएको छ ।

कम्पनीले रसुवा मै १४.८ मेगावाटको माथिल्लो सान्जेन खोला जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरिसकेको छ । यो आयोजनाले २०८० असोजदेखि विद्युत् उत्पादन गरिरहेको छ ।

आयोजनाको थप विवरण

आयोजनाको नाम : सान्जेन खोला जलविद्युत् आयोजना

प्रवर्द्धक : सान्जेन जलविद्युत् कम्पनी लिमिटेड

आयोजनास्थल: रसुवा

क्षमता: ४२.५ मेगावाट

निर्माण सुरु भएको मिति: २०७० साल

सुरुङ: ३६३० मिटर

पेनस्टक पाइप: १०८१ मिटर 

विद्युत् जोडिने विन्दु: चिलिमे हब–सबस्टेसन

अनुमानित लागत:  ५ अर्ब २ करोड ४२ लाख

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३