विद्युत अपडेट

  • प्राधिकरण : ६१९१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४३३९ मे.वा.घन्टा
  • निजी क्षेत्र : १६१५७ मे.वा.घन्टा
  • आयात : ९७३३ मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : १८७० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२९१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : १८१३ मे.वा.
२०८२ ब‌ैशाख २३, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कृषि विद्युतीकरणमार्फत सिँचाइका लागि प्रयोग हुने विद्युत महसुल तिर्ने भएको छ । २०७९ पुस २९ गते सम्पन्न १२औँ गाउँसभाकाे बैंठकबाट किसानले खेत सिँचाइ गर्दा उठेको महसुल गाउँपालिकाले तिरिदिने भएकाे हाे ।

किसानको खेतमा जडान भएको कृषि विद्युत मिटरमा उठेको महसुल एकमुष्ट रूपमा नेपाल विद्युत प्राधिकरण भुक्तानी गरिने पालिका अध्यक्ष राजकुमार महतोले बताए । ‘किसानकाे खेतमा जडान भएको कृषि विद्युत मिटरमा उठेको बिल गाउँपालिकाको कार्यालयमा बुझाएपछि सोही अनुसार एकमुष्ट रूपमा विद्युत प्राधिकरणलाई भुक्तानी गरिनेछ’, उनले ऊर्जा खबरसँग भने, ‘यसले किसानको आर्थिक अवस्था सुधार हुनेछ, साथै कृषि क्षेत्रकाे विकामा टेवा पुग्नेछ ।’

आव २०७९/८० को कृषि विद्युतीकरण र किसानको बिल भुक्तानीका लागि गाउँपालिकाले ५ लाख रुपैयाँ छुट्याएको पनि महतोले बताए । ‘५ वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने योजना छ, पूर्ण विद्युतीकरणपश्चात वार्षिक करिब २५ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ’ उनले भने ।

अहिले पालिका अन्तर्गतनै कृषि मिटर वितरण भइरहेको छ । प्राधिकरण मलंगवा वितरण केन्द्र नगइकन नै गाउँपालिकामै कृषि मिटर वितरण भएपछि किसानहरू खुसी भएको महतोले जनाएको छ । केन्द्रका १४ जनाको टोली आएर पालिकाबाटनै कृषि मिटर वितरण गरिरहेका छन ।

विद्युत चुहावट अन्त्य गर्न विद्युत महसुल गाउँपालिकाले नै तिरिदिने भएपछि मिटर लिनेको संख्या पनि बढेको छ । पालिकाले एक महिना मिटर फारम अभियानै सञ्चालन गरेको थियो । सो अवधिमा ५०० बढीले आवेदन दिएको पालिकाले जनाएको छ । 

‘विद्युत मिटरका लागि किसानले मलंगवासम्म धाउँदा समय, पैसा खर्च र हैरानी व्यहोर्नुपर्ने अवस्था थियो, गाउँपालिकाबाटै उक्त सेवा किसानले पाएपछि किसानहरू हर्षित भएका छन’ उनले थपे ।

कृषि मिटर जडान गर्न मिटर आवेदन फारम भर्ने र पेश गर्ने, फारम रुजु सिस्टमेट गर्ने, स्वीकृत गर्ने, मिटर खर्च भौचर भर्ने, मिटर दस्तुर बुझने, मिटरको लागत कायम गर्ने, मिटर जडान गर्नेलगायत सबै चरणको काम गाउँपालिकामा भइसकेको हुदाँ केन्द्रले किसान मिटर वितरण गरी खेतमै पुगेर जडान गर्ने यादवले बताए ।

३८ हजार जनसंख्या रहेको यस पालिकामा ९९ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध छन । कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले यो अवधारण ल्याएको महतोले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३