विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक २, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बुटवल पावर कम्पनी ‘राष्ट्रिय उत्कृष्ट वाार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार २०२३’ अन्तर्गत ‘गोल्ड अवार्डबाट सम्मानित भएको छ । यो पुरस्कारअन्तर्गत विभिन्न विधाहरू मध्ये ‘पावर एन्ड इनर्जी’ क्षेत्रतर्फ बुटवल पावर कम्पनी लिमिटेडलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था आइक्यानले  आर्थिक वर्ष २०७९/८० (२०२२/२३) मा कम्पनीद्वारा प्रकाशित वार्षिक प्रतिवेदन र यसअनुसार संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनमा उत्कृष्ट देखिएको भन्दै उक्त अवार्ड प्रदान गरेको हो । 

काठाडौँमा साउन ५ गते आयोजना गरिएको एक कार्यक्रममा उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरेका हुन् । अवार्डले कम्पनीलाई अझ परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको सीईओ श्रेष्ठको भनाइ छ । कम्पनीले परिष्कृत वार्षिक प्रतिवेदनकै आधारमा साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (साफा) ले आयोजना गर्ने दक्षिण एसिया स्तरीय ‘उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड’का लागि समेत प्रतिस्पर्धा गर्ने जनाएको छ ।

कम्पनीका अनुसार हाल ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका २ वटा जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाँची जिल्लाका करिब ६३ हजार ग्राहकलाई विद्युत् वितरण गरिँदै आएको छ । 

हाल सञ्चालनमा रहेका ६० मेगावाटको खिम्ती प्रथम, ३० मेगावाटको न्यादी तथा ४ मेगावाटको खुदी जलविद्युत् आयोजनामा कम्पनीको लगानी रहेको छ । 

निर्माणको चरणमा रहेको ३७.६ मेगावाटको काबेली ए जलविद्युत् आयोजनामा कम्पनीको लगानी रहेको छ ।  निर्माणपूर्वको चरणमा रहेका मस्र्याङ्दी बेसिनस्थित करिब ६०० मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजनामा कम्पनीको लगानी रहेको छ । त्यस्तै, ७.८ मेगावाट क्षमताको चिनोखोला जलविद्युत् आयोजना निर्माण गर्ने योजना रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३