विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीको घारखोलामा निर्माणाधीन १४ मेगावाटको घारखोला जलविद्युत आयोजना ७० प्रतिशत पूरा भएको छ । म्याग्दी हाइड्रोेपावर कम्पनीले निर्माण गरीरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको बाँध क्षेत्रको काम ९५ प्रतिशत पुरा भएको कम्पनीका अध्यक्ष भरत नेपालले बताए । उनका अनुसार मुख्य सुरुङको काम पनि अन्तिम चरणमा पुगेको छ ।

‘३ हजार ५ सय मिटर लामो सुरुङको ३ हजार ३ सय ५० मिटर खन्ने काम पुरा भएको छ,’ उनले ऊर्जाखबरसँग भने, ‘बाँकी १ सय ५० मिटर भदौभित्र सकिनेछ ।’ १२ सय मिटर लामो पेनस्टक पाइपलाइनको पनि २ सय मिटर पाइप जडान भइसकेको छ ।

विद्युत गृह निर्माण गर्न पहाड काटेर जग्गा तयार भइसकेको छ । अबको २ हप्ताभित्र विद्युतगृहको जग खन्ने काम सुरु गरिनेछ । घारखोलाको सिभिल ठेकेदार साउथ एशियन इन्फ्रास्ट्रक्चर प्रालि गरिरहेको छ । इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि र हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रालि रहेका छन् ।

३ वर्षअघिदेखि निर्माण सुरु भएका आयोजनाबाट गत असारमा नै विद्युत उत्पादन गर्ने तालिका थियो, तर, भौगोलिक विकटता, कोरोनाको जोखिम, निषेधाज्ञा र पहिरोको असहज अवस्थाका कारण आयोजना प्रभावित भएको हो ।

अब, आयोजनाबाट २०७९ जेठभित्र विद्युत उत्पादन गर्ने तालिका छ । बाँकी ३० प्रतिशत काम सम्पन्न गरी १० महिनाभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्यका साथ तिव्र गतिमा काम भइरहेको छ ।

आयोजना सम्पन्न गर्न २ अर्ब ४२ करोड रुपैया लागत अनुमान गरिएको छ । आयोजनामा ऐनएमबी बैंकको अगुवाईमा ७० प्रतिशत ऋण लगानी छ । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी रहेको छ ।

आयोजनाबाट उत्पादीत विद्युत ७ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit