विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ६ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण, पहुँचमार्ग निर्माण तथा वित्तीय व्यवस्थापनको काम एक वर्षभित्र पूरा गरिने भएको छ । आर्थिक वर्ष (आव) २०७८÷७९ भित्र सबै काम सक्ने लक्ष्य छ ।

खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरे नजिक निर्माण हुने आयोजनाको अहिले पहँचमार्ग र जग्गा अधिग्रहणको काम भइरहेको छ । आवश्यक वित्तीय स्रोत व्यवस्था गर्ने विषयमा विभिन्न बैंकहरूसँग छलफल भइरहेको आयोजनाका एक अधिकारीले बताए ।

‘अर्थ मन्त्रालयको पहलमा एसियाली विकास बैंक (एडिबी), युरोपियन इन्भेष्टमेन्ट बैंक (इआइबी, एसियन इन्फ्रास्ट्रचर इन्भेष्टमेन्ट बैंक, कोरियन एक्जिम बैंकसँग छलफल भइरहेको छ,’ ती अधिकारीले भने, ‘हाल आयोजना सम्पन्न गर्न करिब २ खर्ब रुपैयाँबराबरको लागत अनुमान गरिएको छ ।’

बजेटमा सरकारले आगामी आर्थिक वर्षदेखि निर्माण सुरु गर्ने घोषणा पनि गरेको छ । निर्माणपूर्वका सबै काम पूरा भएको खण्डमा, लगानीको स्रोत र विस्तृत अध्ययन सकिएको आधारमा मात्र काम सुरु गर्न सकिनेछ । नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको आयोजनाको पूरा गर्न अहिलेकै अवस्थामा करिब ७ वर्ष लाग्ने अनुमान गरिएको छ ।

आयोजनाबाट वार्षिक ३ अर्ब ४४ करोड ३० लाख युनिट विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ । यसमध्ये हिउँदमा १ अर्ब ३५ करोड ८० लाख र बर्खामा २ अर्ब ८ करोड ४० लाख युनिट उत्पादन हुनेछ ।

लामीडाँडाको रभुवा बजारमा २ सय मिटर अग्लो बाँध बाँधेर बनाइने आयोजनाको १३.३० किलोमिटर लामो हेडरेस सुरुङ निर्माण हुनेछ । सुरुङमार्फत हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

दूधकोसी सन् १९८५ सालमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले नेपालका ६ वटा जलाशययुक्त आयोजनामध्ये आकर्षक आयोजनाका रूपमा पहिचान गरेको थियो । सन् २०१३ सालमा जाइकाले नै दोस्रो पटक अध्ययन गर्दा १० वटा जलाशययुक्त आयोजनामध्ये एक नम्बरमा छानेको आयोजना थियो ।

आयोजनाबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका करिब ३ हजार ८ सय ७६ हेक्टर जमिन प्रभावित हुने वातावरणीय अध्ययनले देखाएका छ । वातारवरणीय प्रभाव मूल्याङकन प्रतिवेदन (इआइए) अनुसार बाँध निर्माण गर्दा खोटाङको ३४ लाख २२ हजार ६ सय ३ वर्गमिटर, ओखलढुंगाको ३५ लाख १२ हजार ३ सय २२ वर्गमिटर र सोलुखुम्बुको १ लाख ७१ हजार ४ वर्गमिटर जमिन प्रभावित हुनेछ ।

खोटाङका ६ सय ५७ घरधुरी, ओखलढुंगाका २ सय ७९ घरधुरी र सोलुखुम्बुका १४ घरधुरी गरी कूल १ हजार १ सय ५० घरधुरी डुबानबाट प्रभावित हुने इआइएमा उल्लेख छ । उत्पादित विद्युत प्रस्तावित सुनकोसी–ढल्केबर ४ सय केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit