विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ट्रङ्कलाइन तथा डेडिकेटेड फिडरमार्फत विद्युत् आपूर्ति लिएका उद्योगीसहितका अन्य सबै प्रकारका ग्राहकको बक्यौता महसुल ३ अर्ब ४३ करोड २२ लाख २३ हजार चार सय ६१ रकम पुगेको छ ।

गत आवभन्दा चालु आवको १० महिनामा बक्यौता रकम २७ करोड ८१ लाख ९७ हजार ४ सय रुपैयाँले बढेको छ । यो बक्यौता रकम ट्रङ्कलाइन तथा डेडिकेटेड फिडर जोडेका पाँच उद्योगीसहित अन्य औद्योगिक, घरासयी ग्राहक र सडकबत्ती बापतको हो ।

केन्द्रका अनुसार चालु आवको वैशाख मसान्तसम्म औद्योगिक ग्राहकको बक्यौता रकम २ अर्ब २७ करोड १० लाख २२ हजार १ सय ९४ रुपैयाँ रहेको छ । यसमध्ये सडकबत्तीको बक्यौता रकम २१ करोड २८ लाख ३५ हजार ५ सय रुपैयाँ छ । त्यस्तै, घरायसी ग्राहकको बक्यौता रकम ५३ करोड ४५ लाख ६७ हजार १ सय ८७ रुपैयाँ रहेको छ ।

केन्द्रको गत आवको असार मसान्तसम्मकाे बक्यौता रकम ३ अर्ब १५ करोड ४० लाख २६ हजार ४ सय ५७ रुपैयाँ पुगेको थियो । प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख अबधेशकुमार दुबेले चालु आवको वैशाख मसान्तसम्म महसुल भुक्तानी नगर्ने ३ हजार ३ सय ९६ ग्राहकको लाइन काटेर बक्यौता रकम उठाउँदै आइरहेको बताए ।

'वीरगञ्ज वितरण केन्द्र मातहत पाँच वटा ट्रङ्कलाइन तथा डेडिकेटेड फिडरबाट बिजुली लिएका उद्योगी रहेकाले पनि बक्यौता रकम उच्च देखिएको हो', उनले भने, 'यो वर्ष हामीले कम्तीमा ४ हजार घरको बिजुलीको लाइन काटेर बक्यौता उठाउने कोसिस गरिरहेका छौँ ।' केन्द्रले मासिकरूपमा बक्यौता नतिर्ने ३ सयभन्दा धेरै ग्राहकको घरको बिजुली काट्दै आइरहेको छ ।

दुबेका अनुसार करिब ४० प्रतिशत ग्राहकले मात्रै नियमित महसुल तिर्दै आइरहेका छन् । छिमेकीले बिजुलीको महसुुल नतिरेपछि लाइन काटियो भन्ने हल्ला गाउँभरि फैलिएपछि मात्रै महसुल तिर्न आउने पनि भेटिएका छन् । त्यसैले, बक्यौता उठाउने कार्यलाई कडाइपूर्वक अघि बढाइएकाे उनकाे भनाइ छ ।

गत आवको अन्त्यसम्म औद्योगिक ग्राहकको बक्यौता रकम २ अर्ब ३ करोड ६२ लाख ११ हजार ७ सय ६९ रुपैयाँ र सडकबत्ती बापतको बक्यौता १८ करोड ६७ लाख ७८ हजार १० रुपैयाँ रहेको थियाे । घरासयी ग्राहकको बक्यौता रकम भने ५३ करोड ७४ लाख ५३ हजार ७ सय ८८ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३