विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स लिमीटेडले करिब ३ करोड रूपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजानिक गरेको आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार कम्पनीले खुद नाफा कमाएको देखिएकाे हो ।

चैतसम्मको अवधिमा २ करोड ८६ लाख ८२ हजार रूपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नाफा गत वर्ष यही समयअवधिको तुलनामा बढेको हो । गत वर्ष १ करोड १२ लाख ६३ हजार खुद नाफा कमाएको थियो ।

कम्पनीले यस अवधिमा ३.५२ मेगावाटको चनाराजवती जलविद्युत केन्द्रकाे विद्युत बिक्री गरी ७ करोड ५६ लाख ८९ हजार रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले गरेको आम्दानी गत वर्षको तुलनामा बढेको हाे । गत वर्ष ६ करोड ३७ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, अन्य स्रोतबाट ७० हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीकाे अन्य स्राेतबाट भएकाे आम्दानी भने गत वर्षमा तुलनामा घटेको देखिएको छ । गत वर्ष ३ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

 कम्पनीले दोलखामा निर्माण सम्पन्न गरेको जलविद्युत आयोजनाले २०७० जेठ २४ गतेदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit