विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कोप्लाङ्ग इनर्जी हाइड्रो पावर प्रालीले ६.२ मेगावाटको लोवर खानी-बी जलविद्युत आयोजनाकाे काम साढे २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएकाे छ । बागमती प्रदेश, दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा पहिचान भएकाे आयाेजनाकाे काम २०८३ पुसभित्र सम्पन्न गर्ने भएकाे हाे ।

कम्पनीले आयाेजनाकाे निर्माण प्रकृिया सुरु गरेकाे छ । कम्पनीले अध्ययन पूरा भएकाे आयाेजनाकाे उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । जिल्लाको गौरीशंकर गाउँपालिका भएर बग्ने खानी खोलाको पानीलाई उपयोग गर्दै खोलाको दायाँ किनारामा मुख्य संरचनाहरु पर्ने गरी आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ ।

विभागले अनुमति दिने तयारी गरिरहेकाे छ । विभागले आयोजना निर्माण गर्दा पर्न सक्ने उल्लेखनिय प्रतिकुल असरबारे सरोकारवालासँग राय सुझाव माग गरेको छ । सरोकारवालाले सूचना प्रकाशित भएको ३५ दिनभित्र आफ्नो राय सूझाव विभाग तथा कम्पनीको कार्यलयामा आइपुग्ने गरी पठाउनुपर्नेछ ।

यो आयोजना नदी प्रवाहीमा आधारित पिआरओआर प्रकारको आयोजना हो र यसको डिजाइन वहाव ५.१ घनमिटर प्रति सेकेण्ड र कुल हेड १५२.६८ मिटर हुने अध्ययनले देखाएको छ । आयोजनाबाट वार्षिक सरदर ३६.४३ घण्टा गिगावट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ । 

खानी खोलामा बाँध बाँधी खोलाको बायाँपट्टि निर्माण हुने इन्टेक बाट पानी फर्काइ सो पानीलाई आयोजनाको मुख्य संरचनाहरू हुँदै विद्युत गृहमा लगिनेछ र तत्पश्चात टेलरेस क्यानल मार्फत पानीलाई पूनःखानी खोलामा पठाइनेछ । 

विद्युत उत्पादनपछि ऊर्जालाई ३० मिटर लम्बाई, २० मिटर चौडाई भएको विद्युत गृह नजिकै बनाइने स्वीचयार्डमा जडान हुने ६.६/३३ केभी ८ एमभिए क्षमता भएको ३ फेज पावर ट्रान्सर्फरमरबाट ३३ केभी प्रसारण लाइन मार्फत १८ किलोमिटर लामो लम्बाई रहेको नेपाल विद्युत प्राधिकरणको सिंगटी सब–स्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ ।

यो आयोजना साढे २ वर्ष (२०८३ पौष) सम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी, पहिरो, वायु  प्रदुषणद्वारा उल्लेखनीय असर नपर्ने गरी निर्माण गरिनेछ । 

आयोजनाको थप विवरण 

आयोजनाको नाम ः लोवर खानी खोला–बि

क्षमता : ६.२

प्रवर्द्धक : कोप्लाङ्ग इनर्जी हाइड्रो पावर प्रालि

आयाेजनास्थल ः  दोलखा जिल्ला, गौरीशंकर गाउँपालिका

कुल हेड : १५२.६८ मिटर

वार्षिक बिजुली उत्पादन : ३६.४३ गिगावट घण्टा

विद्युत प्रवाह हुने लाइन : ३३ केभी, १८ किलोमिटर लामो 

सबस्टेसन : सिंगटी सबस्टेसन

विद्युत उत्पादन तालिका लक्ष्य : २०८३ पौष

निर्माण अवधि :  साढे २ वर्ष

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit