images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । इनर्जी इन्फर्मेशन सेन्टर प्रालिद्वारा प्रकाशित हुँदै आएको ‘ऊर्जा खबर’ अर्धवार्षिक जर्नलको पाँचौँ अंक बिहीबार (माघ ११ गते) विमोचन गरिएको छ । विभिन्न संस्था तथा मञ्चमा रहेर देशको ऊर्जा क्षेत्रमा योगदान गरिरहेका विज्ञ, प्रवर्द्धक, ऊर्जा खबरका सल्लाहकारहरू तथा सरोकारवालासहिको उल्लेखनीय उपस्थितिमा जर्नलको नेपाली र अंग्रेजी संस्करणको पाँचौँ अंकको सामूहिक विमोचन गरिएको हो ।

कार्यक्रममा देशको समग्र ऊर्जा क्षेत्रबारे सूचनाका साथै अध्ययन अनुसन्धानमूलक लेख तथा समग्रीको प्रकाशन प्रसारण गरी ऊर्जा खबरले यस क्षेत्रमा गर्दै आएको याेगदानकाे चर्चा गरियो । साथै आगामी दिनमा ऊर्जा खबरले लिनुपर्ने बाटोका विषयमा विभिन्न व्यक्तिहरूले दिशा निर्देश गरेका थिए ।

कार्यक्रमका अधिकांश वक्ताले ऊर्जा क्षेत्रमा नेपालले गरेका राम्रा अभ्यासको कथा विश्वलाई सुनाउन, यस क्षेत्रमा आन्तरिक तथा बाह्य लगानीलाई उत्साहित गर्न, नीति निर्मातामा सकारात्मक प्रभाव पार्न, ऊर्जालाई बहुआयामिक लाभको उद्यमका रूपमा अघि बढाउन, ऊर्जामा मुनाफामूलक व्यवसाय गर्ने तौरतरिका सिकाउन ऊर्जा खबरले आगामी दिनमा अझ महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । 

कार्यक्रममा पूर्वजलस्रोत मन्त्री तथा नाष्टका प्राज्ञ दीपक ज्ञवालीका साथै ऊर्जा खबरका सल्लाहकार समितिका सदस्यहरू राजेन्द्र दाहाल, डा. कृष्णप्रसाद दुलाल, डा. रामप्रसाद धिताल, डा. मधुसुदन अधिकारी, कुमार पाण्डेलगायतले ऊर्जा खबरको महत्वपूर्ण भूमिका र अबको बाटो विषयमा सुझाव दिएका थिए ।

त्यसैगरी, प्रा.डा. राममनोहर श्रेष्ठ, ऊर्जा उद्यमी एवं अन्तर्राष्ट्रिय हाइड्रोपावर एशोसिएशनका उपाध्यक्ष सुशील पोखरेल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक द्वय अजितनारायण सिंह थापा र सन्तबहादुर पुन, प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक प्रबल अधिकारी, ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपाने, कुटनीतिज्ञ तथा परराष्ट्र मामिलाविद् अरुणकुमार सुवेदी, ऊर्जा व्यवसायी मोतीलाल दुगड, टीएन आचार्य, इपानका सचिव कविता पोखरेल कँडेल, नेप्सेका प्रवक्ता मुरहारि पराजुली लगायतले ऊर्जा विकासकाे नीतिगत तहमा पैरवी गर्नुपर्ने समय आएकाे बताएका थिए ।

त्यस्तै, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) का प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम, राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवाली, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल के.सी., चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रजेशविक्रम थापा, प्रकृति रिसाेर्स सेन्टरका अध्यक्ष राजु पण्डित क्षेत्री ऊर्जा विकास तथा जलवायु परिवर्तन न्यूनीकरणमा पैरवी गरिरहेका नेत्र कार्की समेतले विद्युत् उत्पादन, प्रसारण, बजार र तल्लाे तहका उपभाेक्तासम्म सेवा पुग्ने खालका विषय समेट्दै जानुपर्ने बताएका थिए ।

ऊर्जा खबरका सल्लाहकार सम्पादक सूर्यप्रसाद अधिकारी र सम्पादक लक्ष्मण वियोगीले देशको समग्र ऊर्जा क्षेत्रलाई प्रगतिको उचाईमा पुर्‍याउन सञ्चार क्षेत्रबाट ऊर्जा खबरले सक्दो योगदान गरिरहेको बताए । आगमी दिनमा यसलाई अझ नयाँ उचाइ दिन सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको द्वयको भनाइ थियाे ।इनर्जी इफर्मेशन सेन्टरले विगत ७ वर्षदेखि नेपाली र अंग्रेजी दुवै माध्यममा ऊर्जा खबर अनलाइन पत्रिका सञ्चालन गर्दै आएकाे छ भने विगत ३ वर्षदेखि ऊर्जा खबर अर्धवार्षिक जर्नल प्रकाशित गर्दै आएको छ । देशको आर्थिक समृद्धिकै लागि पहिलो प्राथमिकतामा रहको ऊर्जा क्षेत्रलाई थप परिकृत र समगृद्ध बनाउन ऊर्जा खबरको भूमिका महत्वपूर्ण हुने कार्यक्रममा सबैजसो वक्ताहरूको भनाइ थियाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit