विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त भएका छन् । सत्ता साझेदार प्रमुख घटक काँग्रेसको कोटाबाट खड्का मन्त्री बनेका हुन् । उनी २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्रीसमेत रहेका खड्का काँग्रेस संखुवासभाका पूर्वजिल्ला सभापतिसमेत हुन् ।

खड्का मन्त्री बनेसँगै करिब साढे १३ वर्षपछि ऊर्जा मन्त्रालयको नेतृत्व पुनः नेपाली कांग्रेसले पाएको छ । २०६६ जेठ ११ गते नेपाली कांग्रेसबाट डा. प्रकाशशरण महत ऊर्जा मन्त्री बनेका थिए । उनी २०६७ माघ २३ गते मन्त्रालयबाट बाहिरिएका थिए ।

यो अवधिमा सबैभन्दा लामो समय नेकपा माआवादी र केही समय एमालेले गरी १३ वर्षभदन्दा बढी वामपन्थी पृष्ठभूमिका मन्त्रीले ऊर्जा मन्त्रालयको नेतृत्व गरेका थिए । त्यस्तै, यो अवधिमा राष्ट्रिय प्रजातन्त्र पार्टीले झण्डै साढे ५ महिना ऊर्जा मन्त्रालयको नेतृत्व पाएको थियो । राज्यकै प्राथमिकतामा रहेको ऊर्जा क्षेत्रलाई हाँक्ने जिम्मा अब नेपाली कांग्रेस खासगरी मन्त्री खड्काको काँधमा आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३