विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ८, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । देशको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् केन्द्र (४५६ मेगावाट) को उत्पादन २ दिनभित्रै सुचारु हुने भएको छ । गत असोज ११ र १२ गतेको बाढी–पहिरोले क्षतिग्रस्त संरचना मर्मतको काम अन्तिम चरणमा पुगेकाले अबको २ दिनभित्रै केन्द्रले विद्युत् उत्पादन सुरु गर्ने जनाएको हो । 

तत्कालका लागि कम क्षति भएका संरचना ममर्त गरी विद्युत् उत्पादन सुचारु गर्ने तयारी केन्द्रले गरेको छ । कम क्षति भएको बाँयातर्फको डिस्याण्डर र भूमिगत कल्भर्ट पुनः निर्माण गरेर विद्युत् गृह सञ्चालनमा ल्याउन लागिएको अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहन गौतमले जानकारी दिए । बायाँतिरको डिस्याण्डर र भूमिगत कल्भर्ट पुर्ननिर्माणको काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।  

हाल देशमा देखिएको विद्युत् अभावलाई पूरा गर्न केन्द्रको मर्मत छिटो पूरा गरी सञ्चालनमा ल्याउनका आफूसहितको टोली लामाबगरमा खटिँदै आएको उनले बताए । कम्पनीले पछिल्लो पटक पुस १० गते विद्युत् उत्पादन सुचारु गर्ने लक्ष्य लिएको छ । ‘विद्युत् उत्पादनका लागि करिब अन्तिम अवस्थामा पुगेका छौँ,’ लामाबगरमै रहेका सिइओ गौतमले भने, ‘संभवत आज साँझबाट बाँधमा पानी जम्मा गर्न सुरु हुन्छ ।’ 

उनका अनुसार मर्मत भइसकेको एउटा डिस्याण्डरमा पानी भरेर सकेसम्म लक्षित मितिभन्दा अघि नै विद्युत् उत्पादन सुरु गर्ने योजना छ । एक दिनअघि मात्रै पनि विद्युत् उत्पादन गर्दा देशमा ठूलो राहत पाउने हुनाले सकेसम्म छिटो केन्द्रलाई सुचारु गर्न आफूहरु प्रयासरत रहेको उनले बताए । 

उनका अनुसार आपत्कालीन अवस्थामा रोल्वालिङ खोला जलविद्युत् आयोजनाकै निर्माण कम्पनी हाइ हिमाल कन्ट्रक्सनमार्फत् सफा गर्ने र मर्मतको काम जारी छ । बढी क्षति भएको र सुरक्षा कक्ष भवनका लागि भने सार्वजनिक खरिद ऐन अन्र्तगत नयाँ ठेक्का लगाउने तयारी छ । नयाँ ठेक्का लगाउँदा पनि वर्षाअघि काम पूरा गर्ने गरी तयारी भएको उनले बताए ।

बायाँ पोखरी ममर्तपछि नदी प्रवाही (आरओआर) प्रणालीबाट खोलामा पानी उपलब्ध भएसम्म बिजुली उत्पादन गर्ने तयारी छ । माथिल्लो तामाकोसीको २ वटा पोखरीमध्ये दायाँ तर्फ ४० प्रतिशत र बायाँतर्फ २० प्रतिशत क्षति भएको छ । 

२ वटै पोखरी सञ्चालनमा आउँदा बाँधमा पानी जम्मा गरेर साँझ र बिहान (पिक आवर) मा ४५६ मेगावाट नै उत्पादन गर्न सकिन्थ्यो । तर एउटा मात्रै पोखरी चल्ने हुँदा अधिकतम २ सय मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने अनुमान छ । नदीमा आएको पानी सिधै पोखरीमा हाल्दा अहिले १७० मेगावाट र अति सुख्खा समयमा ९० मेगावाटसम्म मात्रै उत्पादन हुने अुनमान छ । सकेसम्म एउटा मात्रै पोखरी चलाउँदा पनि बाँधमा पानी जम्मा गरेर पिक आवरमा बढी विद्युत् उत्पादन गर्न मिल्ने गरी सञ्चालनको तयारी भएको छ ।

जलविद्युत् केन्द्रको अनुमानभन्दा बढी क्षति भएको र काब्रे भीरमा सडकसमेत क्षति भएपछि माथिल्लो तामाकोसी पुनः सञ्चालनमा ढिलाइ भएको हो । अब कम क्षति भएको बायाँ तर्फको पोखरी र कल्भर्टमा कंक्रिटिङको काम करिब पूरा भएको छ । अत्याधिक चिसोका कारण कंक्रिटिङ कार्यमा पछिल्लो समय केही ढिला भएको हो ।

बालुवा थिग्राउने पाखरीको पानी भरिने सतह १९८७ मिटर उचाइसम्म हो तर माथिबाट ठूलो ढुङ्गा आएर पोखरीमा खस्दा १९८३ मिटरसम्म क्षति भयो कि भन्ने प्रारम्भिक अनुमान थियो । सफा गरेर भित्र हेर्दा १९७६ मिटरसम्म क्षति भएको पाइएकाले सफा गर्न नै समय लागेको हो । 

पहिरोले माथिबाट १० मिटर अग्लो ढ्ंगो झरेर बसेको थियो । ढुङ्गा र लेदो सबै सफा भइसकेको छ । पहिरो र बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक विवरण अनुसार एक अर्ब ८० करोड रुपैयाँको बीमा दाबी गरिएको सिइओ गौतमले बताए । माथिल्लो तामाकोसीको बीमा राष्ट्रिय बीमा कम्पनीमा गरिएको छ । 

विद्युत् उत्पादन बन्द भएको समयमा विद्युत् गृहभित्रका संरचना मर्मत गरिएको छ भने पहिरोले क्षतिग्रस्त सिंगटीको ४६ नम्बर प्रसारण लाइनको टावरको समेत मर्मत पूरा गरेको छ । बाढी पहिरोले क्षतिग्रस्त संरचनाको प्राविधिक अध्ययन र सुपरीवेक्षणका लागि एनइए इञ्जिनियरिङ कम्पनीलाई जिम्मा दिएको छ । उसैको सिफारिसका आधारमा कम्पनीले पुनः निर्माणको काम गर्ने छ ।

माथिल्लो तामाकोसी जलविद्युत् केन्द्र बन्द हुँदा सुख्खायाममा विद्युत्को माग धान्न भारतबाट आयात बढाउनु परेको छ । त्यसले पनि माग नधान्दा प्राधिकरणले औद्योगित क्षेत्रमा अघोषित लोडसेडिङ गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३