विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सानिमा हाइड्रो समूहको लगानीमा निर्माणाधीन २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना ८० प्रतिशत पूरा भएको छ । रामेछाप र ओखलढुंगाको सीमामा बग्ने  लिखु नदीमा  निर्माणाधीन आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

कोरोना (कोभिड–१९) महामारीको दोस्रो लरहको समयमा लगाइएको निशेधाज्ञाको समयमा  पनि काम जारी राखेकाले आयोजनाको निर्माण अन्तिम चरणमा आइपुगेको प्रवर्द्धक स्वेतगंगा हाइड्रो पावर कम्पनी एन्ड कन्स्ट्रक्सन कम्पनीका प्रबन्धक भोजराज पौडेलले बताए । उनका अनुसार आयोजनाको सिभिलतर्फको ८७ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ ।

‘सिभिलतर्फको प्रगति सबैभन्दा बढी भएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘बाँध क्षेत्रका सबै संरचना पूरा भएका छन् । मुख्य सुरुङ पनि पूरा भइसकेको छ ।’ खनेर सकिएको मुख्य सुरुङमा कंक्रिटिङ र लाइनिङको काम अहिले भइरहेको उनले बताए । 

आयोजनाको मुख्य सुरुङ गत जेठमा खनेर सकिएको थियो । विद्युतगृहमा पनि काम भइरहेको पौडेलले जानकारी दिए । हाइड्रो मेकानिकलतर्फको ६० प्रतिशत प्रगति भएको छ ।

इलेक्ट्रोमेकानिकलतर्फको प्रगति सबैभन्दा कम ५५ प्रतिशत मात्रै छ । कोरोना महामारीका कारण आयोजनामा जडान हुने इलेक्ट्रोमेकानिकल उपकरण आयातमा भएको ढिलाईका कारण प्रगति कम देखिएको उनले बताए ।

यो वर्ष बर्खामा आएको बाढी र पहिरोले स्थानीय सडक पूर्वाधारमा ठूलो क्षति पुगेकाले पनि निर्माण उपकरणको ढुवानीमा समस्या हुँदा त्यसको प्रभाव आयोजनाको काममा परेको कम्पनीले जनाएको छ । पहिलो र दोस्रो लटका उपकरणहरू सहजै आयोजना स्थलमा आइपुगेको भए पनि तेस्रो लटमा आयात गरिएका उपकरणरू लामो समय भारतको कलकत्तामा अड्किएका थिए ।

आयोजनाको ८० प्रतिशत निर्माण सम्पन्न भइसकेकाले अब प्रभावित क्षेत्रका स्थानीयबासीका लागि साधारण सेयर निष्कासनको तयारी कम्पनीले गरिरहेको छ । पहिलो चरणमा स्थानीयलाई र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरेर बाँडफाँड गरिने भएको छ ।

यो आयोजना सम्पन्न गर्न ६ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनाबाट आगामी मंसिरदेखि विद्युत उत्पादन गर्ने तालिका छ । तर, कोरोना महामारीको प्रभावका कारण बढीमा १० महिनासम्म धकेलिने सम्भावना रहेको पौडेलले बताए ।

कोरोना महामारीको दोस्रो लहरमा आयोजनामा कार्यरत कामदार तथा कर्मचारी नै संक्रमित हुँदा समेत काममा प्रभाव परेको थियो । निर्माण सम्पन्न भएपछि आयोजनाले उत्पादन गर्ने विद्युत विद्युतगृहबाट २३ किलोमिटर दुरीको न्यू खिम्ती सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन कम्पनीले निर्माण गरिरहेको छ ।

प्रसारण लाइनतर्फ पनि ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । प्रसारण लाइनको जग खन्ने तथा टावर ठड्याउने काम भइरहेको छ । 
सानिमा समूहले तल्लो लिखु सहित ३ जलविद्युत आयोजना एकसाथ निर्माण गरिरहेको छ ।

७३ मेगावाटको मध्य तमोर, १४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजना पनि निर्माणाधीन छन् ।  यसअघि निर्माण सम्पन्न भएका २.६ मेगावाटको सुनकोसी साना, २२ मेगावाटको सानिमा माई र ७ मेगावाटको माई क्यासकेड आयोजना सञ्चालनमा छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit