विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २८.३०४ मेगावाटको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने भएको छ । सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पहिचान भएको आयोजना दार्चुला पावर प्रालिले अघि बढाउन लागेको हो ।

आयोजनाको  प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनको काम सुरु भएको कम्पनीले जनाएको छ । अध्ययनका क्रममा कम्पनीले आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको भौतिक, जैविक, प्राकृतिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पर्नसक्ने असरबारे सरोकारवालासँग राय÷ सुझाव मागेको छ । असरबारे सम्बन्धित सरोकारवालालाई अबको एक साताभित्र आइपुग्ने गरी राय सुझाव पठाउन भनिएको हो ।

जिल्लाको मार्मा गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५ र ६ भएर बग्ने चमेलिया नदीको पानी प्रयोग गरी लामबगरमा बाँध निर्माण गरिने कम्पनीले जनाएको छ । बाँधमा जम्मा भएको पानी करिब ७ हजार ८० मिटर लामो हेडरेस पाइप मार्फत सतही विद्युतगृहमा खसाली विद्युत उत्पादन हुने गरी डिजाइन तयार गरिएको छ ।

आयोजना सम्पन्न गर्न ६ अर्ब १८ करोड ९४ लाख ४४ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजना सम्पन्न भएपछि वार्षिक सरदर ११८.५२ गिगावाट घण्टा विद्युत उत्पादन हुन्छ ।

यही खोलामा ४० मेगावाटको चमेलिया जलविद्युत आयोजना निर्माणाधीन छ । आयोजनाको ४० प्रतिशत बढी काम पूरा भएको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit