विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निजी तथा सरकारी ऊर्जा उत्पादकहरूले अध्ययन पुरा गरेका साढे २ हजार मेगावाट बढीका जलविद्युत आयाेजनाले उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएका छन् । २०८० बैशाखदेखि साउनसम्मकाे अवधि १८ आयाेजनाले अनुमति माग गर्दै आवेदन दिएका हुन् ।

देशको विभिन्न ठाउँमा पहिचान गरेका आयोजनाले उत्पादन अनुमतिका लागि आवेदन दिएका विभागले जनाएकाे छ । २६२७.९६ मेगावाटका १८ आयोजनाले उत्पादन अनुमतिका लागि आवेदन पेस गरेका छन् ।विभागकाअनुसार आवेदन दिने आयोजानाहरूमा ९०० किलोवाटदेखि १९०२ मेगावाटसम्मका आयोजनाहरू रहेका छन् । 

आवेदन दिने आयोजनामध्येमा सबैभन्दा ठुलो १९०२ मेगावाटको मुगु कर्णाली स्टोरेज आयोजना रहेको छ । विद्युत उत्पादन कम्पनीले अध्ययन पुरा गरको यस आयोजनाले असार १३ गते उत्पादन अनुमतिका लागि आवेदन दिएकाे छ ।

यसैगरी, समृद्धी इनर्जीले लिमिटेडले अध्ययन पुरा गरेको २१६ मेगावाटको बझाङ अप्पर सेतीले भदौ १४ गते उत्पादन अनुमतिका लागि आवेदन दिएको हो । २७० मेगावाटको भेरी–१, ४३.२ मेगावाटको चिलुन खोला, ३५.१५० मेगावाटको अप्पर अप्सुवा, ४० मेगावाटको अप्पर संखुवा खोला जलविद्युत आयोजनाले उत्पादन अनुमतिका लागि आवेदन पेस गरेको विभागको वेपसाइटमा छ । 

यसैगरी, ४० मेगावाटको इखुवा खोला, १३ मेगावाटको सिसुवा खोला, ४.१ मेगावाटको अप्पर मस्ट इवा खोला, २४.६ मेगावाटको माथिल्लो त्रिशुली–१ क्यास्केड, ४.६ मेगावाटको सुपर मस्ट इवा, ४.९५० मेगावाटको अप्पर मेलम्ची, ४.९६० मेगावाटको तल्लो मेलम्ची, ८ मेगावाटको तादी घ्याम्फेदी, १० मेगावाटको माथिल्लो चुम चुम गाड, ४० मेगावाटको संखुवा खोला, ६ मेगावाटको मिडिल मोलुङ खोला ०.९०० गर्जान खोला स्मल जलविद्युत आयोजनाले उत्पादन अनुमतिका लागि आवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३