विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । १२ मेगावाटको झिमरुक, ९.४ मेगावाटको आँधीखोला, ४ मेगावाटको खुदी र ३० मेगावाटको न्यादी जलविद्युत आयोजना सञ्चालन गरिरहेको बुटवल पावर कम्पनीले आफ्ना सेयरधनी सदस्यलाई विगत १२ वर्षदेखि लगातार प्रतिफद दिँदै आएको छ । कम्पनीले आर्थिक वर्ष २०६६/६७  देखि खुद नाफाबाट नगद लाभांश र बोनस सेयर वितरण गरिरहेको हाे।

कम्पनीले आव २०७८/७९ को मुनाफाबाट पनि आफ्नो सेयरधनी सदस्यलाई १२.५ प्रतिशत प्रतिफल दिने निर्णय गरेको छ । कम्पनीका अनुसार चुक्ता पूँजीको ७.५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सयर वितरण गरिनेछ । कम्पनीले प्रस्ताव गरेको याे प्रतिफल हालसम्मकै कम यो । कम्पनीले यसअघि १५ प्रतिशतभन्दा बढी नै प्रतिफल वितरण गरेको थियो ।

बोनस सेयर वितरणपछि पुँजी ३ अर्ब २४ करोड रुपैयाँ नाघ्ने छ । कम्पनीले नगद लाभांश र बोनस सेयर पारित गर्न पुस ३० गते साधारणसभा बोलाएको छ । साधारणसभाले पारित गरेपछि लाभांश र बोनस सेयर वितरण गरिनेछ ।

यसबाहेक सभाले सर्वसाधारण सेयरधनीबाट दुई जनालाई सञ्चालक चयन गर्ने छ। त्यसमध्ये एक महिला हुने व्यवस्था मिलाएको छ ।

कम्पनीको ३६.४ मेगावाटको काबेली ‘ए’ निर्माणाधीन छन् । १३९.२ मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी, १६० मेगावाटको मुगु कर्णाली, ७.९ मेगावाटको चिनो खोला, मस्र्याङ्दी क्यासकेड आयोजना अघि बढाउने गरी अनुमति पत्र लिएको छ । नर्वेजियन लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्तीमा बिपिसीको १६.८८ प्रतिशत सेयर स्वामित्व छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३