विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पिपुल्स हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले सार्वसाधारणका लागि कात्तिक २५ गतेबाट निष्कासन गरेको सेयर आवेदन आवधि आज साझ ५ बजेबाट सकिन लागेको हो । 

सय रुपैयाँ अंकित ५६ लाख ६ हजार ३ सय ९० कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रभावित क्षेत्रमा बासिन्दाका लागि छुट्याएको सेयर बाँडफाँड गरी बिक्री हुन बाँकी रहेको ८ लाख ६ हजार ९० कित्ता सेयर पनि समावेश गरी निष्कासन गरिएको हाे । 

कुल निष्कासित सेयरमध्ये ३ प्रतिशत हुन आउने अर्थात १ लाख ६८ हजार १ सय ९० कित्ता सेयर कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत हुन आउने अर्थात २ लाख ८० हजार ३ सय २० कित्ता सेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ । बाँकी रहेको ५१ लाख ७५ हजार ८ सय ८० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको छ ।

सर्वसाधरणले न्यूनतम १० कित्तादेखि अधिकत्तम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । 

कम्पनीको लमजुङमा ५४ मकेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजना निर्माणाधीन छ । कम्पनीले निर्माण अवधिमो ब्याज सहित प्रति मेगावाट लागत १९ करोड २४ लाख ७ हजार ४ सय ७ रुपैयाँ तथा कुल लागत १० अर्ब ३९ करोड अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit