विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुरुका दुई दिन सहसचिवस्तर तथा आज (असोज ७ गते) तेस्रो दिन सचिवस्तरीय वार्ता भई टुंगिएको नेपाल–भारत ९औं जलस्रोत सचिवस्तरीय संयुक्त बैठक (जेसिडब्लूआर) ले अबको ३ महिनाभित्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका लागि गठित ‘विज्ञ समूह (टिम अफ एक्सपर्ट–टिओई)’ को चौथो बैठक राख्ने निर्णय गरेको छ ।

विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) टुंग्याउने गरी उक्त बैठक राख्ने निर्णय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले बताए । उनका अनुसार पञ्चेश्वरसँगै पश्चिम राप्ती, नदी कटान एवम् डुबान समस्या र सीमावर्ती नदीमा तटबन्द निर्माणका विषयमा छलफल गरी निर्णय गरिएको छ । पञ्चेश्वर अगाडि बढाउने विषयमा विशेष चासोका साथ छलफल भएको उनले दोहोर्याए ।

डिपिआर टुंग्याउने जिम्मा दिइएको टिओईको बैठक लामो समयदेखि बस्न सकेको छैन; पञ्चेश्वर विकास प्राधिकरण (पिडिए) ले निर्धारण गरे अनुसार जसमा नेपाल र भारतका तर्फबाट १५–१५ जना पदाधिकारी तथा विज्ञ रहनेछन् । सन् २०१७ मा गठन भएको टिओईले अहिले सम्म आफ्नो जिम्मेवारी पूर्ण गर्न सकेको छैन ।

पछिल्लो समय टिओईको तेस्रो बैठक २०७५ फागुन १५ र १६ गते काठमाडौंमा बसेको थियो भने पहिलो र दोस्रो बैठक क्रमशः २०७३ साल भदौ ५, ६ र ७ गते काठमाडौंमा तथा सोही वर्षको भदौ २१ र २२ गते दिल्लीमा भएको थियो ।

भारतको नयाँ दिल्लीमा जेसिडब्लुआरको ८औं बैठक भएको झण्डै ४ वर्षपछि अर्थात् ३ वर्ष ८ महिनापछि ९औं बैठक बस्याे । ८औं बैठक २०७५ साल पुस २५ गतेदेखि २७ गतेसम्म बसेको थियो भने ७औं बैठक २०६९ साल माघ ११ र १२ गते काठमाडौंमा बसेको थियो । यस्तै, छैटौं बैठक २०६८ साल मंसिर ८ र ९ गते दिल्लीमा भएको थियो ।

८औं बैठकमा महाकाली नदीबाट नेपालले पानी पाउनुपर्ने सतह (सिल लेभल), चाँदनी र दोधारामा पानी उपलब्ध गराउनुपर्ने विषय, सप्तकोसी उच्च बाँधलगायत मुद्दाबारे छलफल भए पनि केही निर्णय भएन । जलस्रोत सचिवस्तरीय बैठकमा महाकालीबाट नेपालले पाउनुपर्ने पानीको सतह निकै पेचिलो बन्ने गरेको छ तर यसको टुंगो अझै लागेको छैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit