विद्युत अपडेट

  • प्राधिकरण : ८५७८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४१७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४४८४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२९५३ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६७३२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६७ मे.वा.
२०८३ असोज २८, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आज (आइतबार) बाट काठमाडौं उपत्यकामा वितरण सुरु भएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज बिहान नयाँ बानेश्वरस्थित पानी वितरण केन्दबाट निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेको हो ।

गत वर्ष (२०७८)  असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति रोकिएको थियो । सफाई र मर्मतपछि  गत चैत २९ गते काठमाडौंतर्फ पुनःपथान्तरण गरिएकोमा आजबाट वितरण थालिएको हो ।

मेलम्चीको पानी आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत वितरण गरिनेछ । वितरण पाइपको ४१० नयाँ र ६०० किलोमिटर पुरानो पाइपबाट वितरण हुनेछ ।

सुन्दरीजलमा आउने पानीमध्ये केही पुरानो पाइप, नयाँ पाइप र केही केही पानी परिक्षणका लागि छुट्याइनेछ । हाल ३ करोड ८० लाख लिटर पानी नयाँ पाइपबाट र १० करोड लिटर पानी पुरानो पाइपबाट परीक्षण गरिनेछ । दैनिक २ करोड लिटर पानी भने परिक्षणका लागि प्रयोग हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३