विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा क्षेत्रको विकासमा सफल मानिएको सानिमा हाइड्रो समूहले जलविद्युतमा २६ अर्ब ५२ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । अध्ययन तथा कामको शिलशिलामा विश्वका विभिन्न मुलुकमा पुगेका नेपाली (गैरआवासीय नेपाली) को पहलमा स्थापना भएको यो समूहले विभिन्न सहायक कम्पनीमार्फत ६ जलविद्युत आयोजनामा यति लगानी गरेको हो ।

सानिमा समूहले स्वपुँजी (२५ प्रतिशत) मार्फत ६ अर्ब ६३ करोड ५० लाख रुपैयाँ जलविद्युत आयोजनाको निर्माणमा लगानी गरिसकेको छ । १९ अर्ब ८९ करोड ३७ लाख ५० हजार रुपैयाँ (७५ प्रतिशत) बराबरको लगानी विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर गरिएको हो ।

अहिलेसम्म १ सय ४७ मेगावाटका आयोजनामा लगानी भइसकेको सानिमा हाइड्रो समूहका सञ्चालक सुवर्णदास श्रेष्ठले बताए । ‘हामीले लगानी गरेका ३ जलविद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ,’उनले ऊर्जा खबरसँग भने, ‘थप ११५.४ मेगावाटका आयोजना अहिले निर्माणाधीन अवस्थामा छन् ।’

उनले निर्माणाधीन आयोजनामा मात्रै २१ अर्ब ५० करोड रुपैयाँ लगानी भएको बताए । सानिमा समूहले अहिले सहायक कम्पनीमार्फत ७३ मेगावाटको मध्यतमोर, १४.३ मेगावाटको माथिल्लो मैलुङ र २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । मध्यतमोरको लागत १३ अर्ब रुपैयाँ अनुमान गरिएको छ । तल्लो लिखु सम्पन्न हुँदा ६ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । माथिल्लो मैलुङमा पनि २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको श्रेष्ठले बताए ।

३१.६ मेगावाटका आयोजना निर्माण पूरा भई सञ्चालनमा छन् । यी आयोजनामा ५ अर्ब २ करोड ५० लाख रुपैयाँ लगानी भएको छ । निर्माण पूरा भई सञ्चालनमा रहेका आयोजनाले विद्युत बिक्रीबाट आम्दानी गरिरहेका छन् । 

सानिमा समूहले निर्माण गरेको २.६ मेगावाटको सुनकोसी साना, २२ मेगावाटको सानिमा माई र ७ मेगावाटको माई क्यासकेड आयोजना सञ्चालनमा छन् । यीनै आयोजनाले विद्युत बिक्रीबाट गरेको आम्दानी निर्माणाधीन आयोजनामा लगानी गरिएको श्रेष्ठले बताए ।

सानिमा माई ३ अर्ब २९ करोड ८० लाख रुपैयाँ लागतमा सम्पन्न भएको हो । माई क्सासकेड निर्माण गर्दा १ अर्ब ३७ करोड ७० लाख रुपैयाँ खर्च भएको थियो । सबैभन्दा पहिले निर्माण गरेको सुनकोसी सानामा सानिमा समूहले ३५ करोड रुपैयाँ लगानी गरेको छ । सुनकोसी नदीमा आएको बाढी तथा २०७२ सालको भूकम्पले संरचनामा क्षति पुर्याएपछि पुनर्निर्माण गर्दा २८ करोड रुपैयाँ खर्च भएको थियो ।

निर्माण भएका र निर्माणाधीन बाहेक पनि सानिमा समूहले २ सय ८५ मेगावाटको माथिल्लो तमोर, ७.५ मेगावाटको माथिल्लो मैलुङ ‘बी’, ६२ मेगावाटको जुमखोला र १३ मेगावाटको मैलुङ क्यासकेड आयोजना निर्माण गर्दैछ । यी आयोजना अहिले अध्ययनको विभिन्न चरणमा छन् ।

यी आयोजना अध्ययनको क्रममा ठूलो लगानी भइसके पनि सबै आयोजनाको सम्पूर्ण लागत निर्धारण भइनसकेको श्रेष्ठले जानकारी दिए । ‘यी आयोजना अहिले अध्ययनको क्रममाछन् । लागत निर्धारण भइसकेको छैन । लगानी जुटाएर निर्माणमा गइसकेपछि सानिमाले जलविद्युतमा गर्ने लगानी अझै थपिनेछ’ उनले भने ।

अहिलेसम्म गरेको लगानी हेर्दा सानिमा समूह जलविद्युको विकासमा संगठित एवं सशक्तरूपमा अघि बढेको देखिन्छ । २.६ मेगावाटको सानो आयोजनाबाट सुरुवात गरेर एकै पटक १ सय १५ मेगावाटका आयोजना निर्माण गर्नुले सानिमा समूह अझै सफल र जिम्मेवार बन्दै गएको प्रष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit