विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नुवाकोटको तादी खोला बेसिनमा ३० मेगावाटका जलविद्युत आयोजना निर्माणको विभिन्न चरणमा पुगेका छन् । निजी क्षेत्रले अनुमतिपत्र लिएर स्वदेशी लगानीमा ३ देखि ११ मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माण अघि बढाएको हो ।

१ सय ३२ केभी समुन्द्रटार–त्रिशुलीमा प्रवाह हुने गरी प्रसारण सम्झौता गरेका ५ जलविद्युत आयोजना तादी बेसिनमा निर्माणको विभिन्न चरणमा रहेको प्रसारण लाइन आयोजना प्रमुख थर्क बहादुर थापाले बताए । उनका अनुसार यो लाइनमा जोडिने गरी सम्झौता भएका केही आयोजना निर्माणको अन्तिम चरणमा छन् भने केही सुरुवाती चरणमा छन् । 

यो बेसिनमा निर्माणाधीन आयोजनामध्ये ५ मेगावाटको तल्लो ताली खोला अन्तिम चरणमा पुगेको छ । यो आयोजना बुद्धभुमी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको छ । कम्पनीले २०६८ चैत २७ गते विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र लिएर आयोजनाको निर्माण सुरु गरेको थियो । लक्ष्यअनुसार आयोजना निर्माणको काम हुन नसके पनि चालू आर्थिक वर्षभित्र सम्पन्न हुने देखिएको छ ।

यस्तै, हिरारत्न हाइड्रोपावर कम्पनीले २ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले ५ मेगावाटको तादी खोला र ३ मेगावाटको तादी खोला क्यासकेड जलविद्युत आयोजना निर्माण गरिरहेको हो । तादी खोलाबाट विद्युत उत्पादन भई बाहिर निस्कने पानीको उपयोग हुने गरी तादी खोला क्यासकेड निर्माण भइरहेको छ । कम्पनीले विभागबाट २०७६ बैशाख ३० गते अनुमतिपत्र लिएको थियो ।  कम्पनीले आयोजनामा लगानी जुटाएर निर्माण सुरु गरेको हो ।

यही बेसिनमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीले ११ मेगावाटको माथिल्लो तादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०७२ असोज २२ गते अनुमतिपत्र लिएर राउतबेसीमा यो आयोजना निर्माण गरिरहेको हो । यो आयोजना पनि अहिले निर्माणको अन्तिम चरणमा छ । 

यही प्रसारण लाइनमा प्रवाह हुने गरी दुप्चेश्वर महादेव हाइड्रोपावर कम्पनीले साढे ५ मेगावाटको मध्य तादी जलविद्युत आयोजना निर्माणको प्रक्रिया अघि बढाएको छ । यो आयोजनाको अध्ययन पूरा भई निर्माणमा जाने प्रक्रियामा छ । आयोजनामा लगानीको टुंगो लागेपछि संरचना निर्माणको काम सुरु गरिने भएको छ । कम्पनीले आयोजना निर्माण गर्न २०७७ साउन २७ गते विभागबाट उत्पादन अनुमति पाएको थियो ।

८ मेगावाटको तादी ध्यामफेदी जलविद्युत आयोजनाको भने अहिले अध्ययनको चरणमा छ । एबिपी इनर्जी कम्पनीले अनुमतिपत्र लिएर यो आयोजना अध्ययन गरिरहेको छ । कम्पनीले यो आयोजना अघि बढाउन गत असार ३० गते अनुमतिपत्र पाएको थियो ।

यसअघि निर्माण सम्पन्न भएको ५ मेगावाटको तादी खोला आयोजना सञ्चालनमा छ । आधिशक्ती विद्युत विकास कम्पनीले यो आयोजना निर्माण गरेर सञ्चालन गरिरहेको हो । यो आयोजनाले २०६९ पुस देखि विद्युत उत्पादन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit