विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभाको मकालु गाउँपालिकामा ३७.७ मेगावाटको तल्लो इसुवा खोला क्यासकेड जलविद्युत आयोजनाको निर्माणले अहिले गति लिएको छ । वित्तीय व्यवस्थापन गरेर निर्माणपूर्वको तयारी पूरा गरी आयोजना अघि बढाएकाे हाे ।

इसुवा इनर्जी प्रालिले प्रवद्र्धन गरेको आयोजनामा निर्माण सुरु गर्नुअघिको सबै काम पूरा गरेर आयोजनास्थलगत काम सुरु गरेको कम्पनीका अध्यक्ष विक्रम विष्टले बताए । उनका अनुसार आयोजनास्थलको काम ३ महिनाअघि नै सुरु भएको हो ।

‘आयोजनाको पहुँचमार्ग निर्माणको काम सकिएको छ’, उनले ऊर्जाखबरसँग भने, ‘कर्मचारी बस्ने क्याम्प बनाउने काम पनि सकिएको छ ।’ अब आयोजनाको सिभिल संरचनाको काम सुरु गर्ने तयारी भइरहेको छ ।

सिद्धार्थ बैंक लिमिटेड एक्लैले ८० प्रतिशत (३ अर्ब ४ करोड रुपैयाँ) लगानी रहेको यो आयोजना निजी क्षेत्रले प्रवद्र्धन गरेको यो पहिलो ठूलो आयोजना हो । दैनिक ३÷३ घन्टा (बिहान र बेलुका) पानी सञ्चित गरेर उच्च माग हुँदा सञ्चालन गर्न सकिने पिआरओआर (अर्धजलाशय) आयोजना हाल अनुमानित लागतलाई आधार मान्ने हो भने प्रतिमेगावाट १० करोड ८ लाख रुपैयाँ पूरा हुने देखिन्छ ।

आयोजनाका लागि आवश्यक २० प्रतिशत (७६ करोड रुपैयाँ) स्वपुँजी अध्यक्ष विष्ट र ९७.२ मेगावाटको प्रवद्र्धक केबिएनआर इसुवा पावर कम्पनीका अध्यक्ष वीरेन्द्रबहादुर न्यौपानेको लगानी रहेको छ । यो आयोजना इसुवाको क्यासकेडको रूपमा निर्माण भइरहेको छ । इसुवा खोलाको टेलरेसबाट निस्केको पानी ट्यापिङ गरी ९०० मिटर पेनस्टक पाइप मार्फत ल्याएर विद्युतगृहमा खसालि विद्युत उत्पादन गरिनेछ ।

२०७७ पुस २७ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेको आयोजनाबाट २०८० साल चैत ३० गतेभित्र विद्युत उत्पादन गर्ने लक्ष्य भएपनि कोरोना महामारीका कारणले गर्दा उत्पादन अवधि २ वर्ष थप गरी अब २०८२ चैतभित्र उत्पादन गर्ने लक्ष्य रहेको विष्टले बताए । आयोजनाबाट वार्षिक करिब २३० गिगावाट घन्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

अर्धजलाशय आयोजना भए पनि यसको पिपिए नदी प्रवाही आयोजना सरह (हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँ) गरिएको छ । आयोजनाले ८ वर्षसम्म ३ प्रतिशतका दरले पिपिएमा स्कालेशन पाउनेछ । उत्पादित विद्युत अरुण र अप्सुवा खोलाको दोभानमा निर्माण हुने विद्युतगृहबाट २० किलोमिटर टाढा प्रस्तावित शीतलपाटी सबस्टेसनमा जोडिने गरी कनेक्सन एग्रिमेन्ट (प्रसारण सम्झौता) भएको छ ।

शीतलपाटी सबस्टेसन निर्माण गर्न प्राधिकरणले ठेक्का सम्झौता गरिसकेको छ । यस्तै, कम्पनीले निर्माण गर्नुपर्ने प्रसारण लाइनका लागि समेत सर्वेक्षण अनुमतिपत्र लिईसकेको विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit