विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिंगो पुथ्वीको कूल भूगोलमध्ये ३ भाग पानी र एक भाग जमिन रहेको कुरा त सबैलाई जानकारी नै छ । पुथ्वीमा उपलब्ध यति ठूलो परिमाणको पानी मानवजातिका लागि पर्याप्त हुनुपर्ने हो तर तथ्यांकले त्यसो भन्दैन ।

पुथ्वीमा उपलब्ध कूल पानीको परिमाणमध्ये जम्मा २.५ प्रतिशतमात्र पिउनयोग्य रहेको छ । पृथ्वीको दुई तिहाइ भाग पानीले ढाके पनि सबै पानी पिउनयोग्य देखिँदैन । समुद्रमा उपलब्ध ९७.५ प्रतिशत पानी नुनिलो छ । भन्ने गरिन्छ, पिउने पाी स्वच्छ र सुरक्षित रहेको खण्डमा ८० प्रतिशत रोग नै लाग्दैन ।

यिनै विविध विषयमाथि छलफल, बहस र अन्तरक्रिया गरेर यस वर्षको पानी दिवस मनाइएको छ । विश्वमा हरेक वर्ष मार्च २२ तारिखमा मनाइने पानी दिवस नेपालमा पनि चैत ८ गते (मार्च २२) मा मनाइयो ।

संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको थियो । सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रूपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको थियो ।

विश्वमा उपलब्ध कूल स्वच्छ पानीको परिमाणमध्येको ठूलो अंश अर्थात् १.७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा हिउँको रूपमा रहेको छ । ०.७४ प्रतिशत भूमिगत स्रोतका रूपमा जमिनमुनि रहेको छ । जमिनको सतहमा रहेको ०.०४ प्रतिशत पानीमात्र मानवका लागि पिउन योग्य छ ।

नेपाल विश्वमै जलस्रोतमा धनी देश भनिए पनि धेरै सहर, बजार र गाउँमा खानेपानीको समस्या छ । पाइप प्रणालीबाट ८८ प्रतिशत पानी पुगेको सरकारी दाबी छ । संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन नसकेको गुनासो छ । यस्तै विषयमा जनचेतना जगाउँदै पानी दिवस मनाउने गरिएको छ । दिवसको यस वर्षको नारा ‘अदृश्य भूमिगत पानीलाई दृश्य बनाऔँ’ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit