विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल–भारतबीच भएको एकीकृत महाकाली सन्धिको २७ वर्ष पछि कञ्चनपुरको दोधारा–चादनीमा नहर निर्माण गरिने भएको छ । सन्धिको २७ वर्षपछि नेपालले नहर निर्माणको तयारी गरेको हो ।

महाकाली सन्धिका अनुसार भारतले नेपाललाई सिँचाइका लागि ३५० क्युुसेक पानी नहरमार्फत उपलब्ध गराउनुपर्ने हुुँदा भारतले शारदा नहरबाट नेपालको सीमासम्म १ हजार १ सय मिटर नहर निर्माण गर्नुपर्नेछ । सन्धि भएको २७ वर्ष वितिसक्दा पनि भारतले निर्माण गर्नु पर्ने नहरको टुङ्गो नभएपछि नेपालले यसैवर्षदेखि आफ्नोतर्फकाे नहर निर्माण कार्य सुरु गरेको हो ।

महाकाली पारीको दोधारा–चाँदनीमा सिँचाइ सुविधाका लागि भारतले शारदा बैराज (नहर)बाट सन्धिअनुसार पानी उपलब्ध गराउनुपर्ने छ । सन्धि भएको २७ वर्ष वित्दा समेत भारतले शारदा नहरबाट दोधारा चाँदनीलाई सिँचाइका लागि पानी उपलब्ध गराउन आनाकानी गर्दै आएको छ । नेपाल–भारत सीमासम्म भारतले एक हजार १०० मिटर मूल नहरसँगै अन्य संरचना समेत निर्माण गर्नुपर्ने हुन्छ । 

नहर निर्माणपछि किसानलाई खेतीपाती गर्न सहज हुने महाकाली सिचाइ आयोजना  तेस्रो चरणका सिनियर डिभिजनल इन्जीनियर शम्भु पण्डितले बताए । “भारतीय पक्षले सन्धिअनुसार त्यहाँ बनाउनुपर्ने नहर र संरचना निर्माण गर्न कुनै सुरसार गरेको छैन”, उनले भने, “नेपाल–भारतका अधिकारीबीच हुने संयुक्त बैठकमा उक्त विषयमा छलफल हुने गरेको भए पनि निकास भने दिइएको छैन ।” सन्धिअनुसार भारतले दोधारा चाँदनीलाई तीन हजार ५०० हेक्टर क्षेत्रफलका लागि ३५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने हो ।

नेपालले ब्रह्मादेव क्षेत्रबाट महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत हालसम्म झण्डै २८ किलोमिटर नहर निर्माण गरेको छ । विसं २०६४ देखि उक्त नहर निर्माण गर्न थालिएको हो । भारतीय पक्षले भने २ वर्षमा नेपाल सीमासम्म भर्खरै १ हजार २ सय मिटर नहर निर्माण गरेको पण्डितले बताए । अब चाँडै उक्त नहरमा महाकालीको पानी बग्ने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit