विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तुलसीपुर बसपार्कको विद्युत लाइन काटेको छ । प्राधिकरणले बारम्बार ताकेता गर्दा पनि लामो समयसम्म विद्युत महसुल नबुझाउने बसपार्कको लाइन काटेको हो ।

लामो समयदेखिको जरीवानासहितको करिब ७ लाख ८८ हजार रुपैयाँ महसुल नबुझाएपछि लाइन काटिएको प्राधिकरण तुलसीपुर वितरण केन्द्र प्रमुख ज्ञान बहादुर फर्सालले बताए । उनका अनुसार अब बसपार्कले महसुल बुझाएपछि मात्र लाइन जोडिनेछ ।

बसपार्कको खानेपानीको लाइन पनि काटिएको छ । विद्युतको लाइन एक हप्ताअघि र खानेपानीको लाइन दुई हप्ताअघि काटिएको हो । आधुनिक बसपार्क बनाएपछि त्यहाँ ५२ वटा सटर भाडामा छन् । विद्युत् नहुँदा त्यहाँका होटल व्यवसाय ठप्प छन् । गर्मी मौसम सुरु भएसँगै फ्रिज चलाउन र पसल सञ्चालन गर्न, टिकट काट्न, शौचालय जान समस्या भएको छ । 

विद्युत र पानीको समस्या समाधान गर्न कतैबाट पनि पहल नभएको स्थानीय व्यवसायीहरू बताउँछन् । विद्युत नहुँदा हाम्रो व्यवसाय नै चौपट्ट भएको सटरमा व्यवसाय गर्दै आएकी प्रमिला कठायतले बताइन् ।

विसं २०७७ देखि त्यहाँ व्यवसायीलाई सटर भाडामा प्रदान गरिएको हो । त्यतिबेला भाडामात्रै तिर्ने तर, पानी विद्युत्को नतिर्ने सहमति भएको अर्का व्यवसायी जिए नेपालीले बताए । ‘यहाँको पूर्वतर्फका सटरको १० हजार रुपैयाँ र पश्चिमतर्फका सटरको आठ हजार रुपैयाँ भाडा तिर्ने सहमति भएको हो’, उनले भने, ‘ तर अहिले पानी, विद्युत्को पनि हामीले तिनुपर्ने भन्ने कुरा आएको छ ।’

ठेकेदार कम्पनीले भने त्यस्तो कुनै लिखित सहमति नभएको बताएको छ । ‘पहिले पनि मैले नै ठेक्का पाएको थिए’, बुढाथोकी ट्रेड एण्ड सप्लायर्सका सञ्चालक भीमबहादुर बुढाथोकीले भने, ‘त्यतिबेला पनि सटर लिनेलाई पानी, विद्युतकाे मात्रै तिर्ने भन्ने कुनै लिखित सहमति भएको थिएन ।’ अहिले पनि पुनः बुढाथोकी ट्रेड एण्ड सप्लायर्सले नै ठेक्का पाएको छ । 

फागुन २० गतेदेखि बसपार्कका लागि सोही सप्लायर्सलाई काम गर्ने गरी कार्यादेश दिइएको छ । सोही कम्पनीले यसअघि पनि बसपार्क पूर्वाधार शुल्क उठाउने जिम्मा लिएको थियो । तर केही समयमै त्यो सम्झौता तोडिएको थियो ।

विसं २०७८ वैशाखदेखि फागुनसम्म उपमहानगरपालिकाले नै भाडा उठाउने काम गरिरहेको थियो । पुनः पुसमा बोलपत्र खुला गर्दा त्यही बुढाथोकी ट्रेड एण्ड सप्लायर्सले नै ठेक्का पाएको र ठेक्का पाएपछि सप्लायर्सले त्यहाँको व्यवस्थापनका लागि सक्रियता बढाएको छ । त्यसका लागि सम्झौता गर्न सटर भाडामा लिएकाहरूलाई चिठ्ठी पठाएको बुढाथोकीले बताए ।

सटर भाडामा लिएकाले यसअघिका महिनाको पनि भाडा तथा विद्युत् महसुल नबुझाएकाले भाडा र महसुलसहित सम्झौता गर्न बोलाएको बुढाथोकी बताए । त्यहाँ १३ वटा प्रालिका टिकट काउन्टर पनि छन् । काउन्टरमा विद्युत् नहुँदा उत्तिकै समस्या हुने गरेको त्रिसिद्देश्वरी राप्ती यातायात प्रालिका रुकुम–सल्यानका सदस्य दीपककुमार बुढाथोकीले बताए । 

उपमहानगरपालिकाले पनि सम्बन्धित सटर भाडा लिएकाहरूले नै विद्युत् महुसुल तिर्नुपर्ने बताएको छ । उपमहागरपालिकाका राजस्व शाखा प्रमुख भेषराज चन्दका अनुसार कोभिडपछिकोे छुटसहित त्यसपछि दामासाहीका हिसाबले विद्युत् महसुल बुझाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit