विद्युत अपडेट

  • प्राधिकरण : ८४७२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३५६१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२७९ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२४३६ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८३१२ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६१ मे.वा.
२०८३ असोज २८, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैं । देशका विभिन्न क्षेत्रमा कार्यरत इन्जिनियरहरूले अब बिनाधिताे १५ लाख रुपैयाँसम्मकाे 'प्राेफेसनल लाेन' पाउने भएका छन् । यस विषयमा नेपाल इन्जिनियर्स एसाेसिएसन (एनइए) र मेघा बैंक लिमिटेडबीच सम्झाैता भएकाे छ ।

मंगलबार एनइएकाे पुल्चोकस्थित कार्यालयमा भएको सम्झौतामा एनइएका अध्यक्ष प्रा.डा. त्रिरत्न बज्राचार्य र मेघा बैंकका प्रमुख कार्यकारी निर्देशक अनुपमा खुन्जेलीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार ऋण पाउन २५ वर्षदेखि ६० वर्ष उमेर समूहका इन्जिनियरहरुले एनइएकाे प्रमाणसहित बैंकको जुनसुकै शाखामा आवेदन दिन सक्नेछन् । उक्त ऋणकाे ब्याजदर अाधार ब्याजमा १.५ प्रतिशत थप हुनेछ ।

सम्झौता अनुसार मेघा बैंकमा 'मेघा प्रोफेसनल सेभिङ्स अकाउन्ट' खोल्ने इन्जिनियरको १० लाखसम्मको दुर्घटना बीमा समेत हुनेछ । एनइएका अध्यक्ष बज्राचार्यले एशोसिएसनका सदस्यलाई बैंकले लोन उपलब्ध गराउने बताए । ‘इन्जिनियर एशोसिएसनको सदस्यले मात्रै १५ लाखसम्म ऋण पाउनेगरी सम्झौता गरिएको हो,’ बज्राचार्यले भने ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३