विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिले आइतबार (आज) आयोजना गरेको विद्युत् विधेयक, २०८० माथि संशोधनकर्तासँग दफाबार छलफल भएकाे छ । छलफलका क्रममा केही सांसादहरूले विद्युत् उत्पादन बढाएर निर्यात सुनिश्चिताका लागि पहल गर्नुपर्ने बताएका छन् ।

सांसद रामहरि खतिवडाले नेपाली लगानीकर्तालाई प्रोत्साहन गरी स्वदेशी लगानीको वातावरण सिर्जना गर्नुपर्ने र भारतलगायतका देशसँग विद्युत् व्यापारका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन् । ‘विदेशी लगानीकर्ता नेपाल आउने तर नेपाली पुँजी पलायन हुने अवस्था छ, निजी क्षेत्र धेरै लगानी गर्न चाहन्छन्, तर स्वदेशी लगानी निरुत्साहित हुने अवस्था नआओस्’ उनले भने, ‘लगानीमैत्री वातावरण सिर्जना भएमा धेरै निजी क्षेत्र लगानीका लागि उत्सुक छन् । तसर्थ सकेसम्म स्वदेशी लगानी बढाउने नीति लिनुपर्छ ।’

सांसद अच्युत मैनालीले विद्युत् उत्पादन गर्ने क्रममा तल्लो तटीय क्षेत्रमा हुने बाढीको खतरा नियन्त्रणसम्बन्धी व्यवस्था गरिनुपर्ने बताएका छन् । सांसद राजेन्द्र बजगाइँले अनुमति खारेज गर्नुपर्ने कारण देखिएमा अनुमति खारेज गर्न सकिने भए पनि निर्माणाधीन आयोजनाको अनुमति खारेज गर्न नहुने धारणा राखे ।

संशोधनकर्ता अम्मरबहादुर थापाले विद्युत् ऐनको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको बताए । ‘राष्ट्रिय बजेटमा विद्युत् उत्पादनलाई प्रथामिकतामा राख्नुपर्छ । राज्यले सहजीकरण गरे आम नागरिक पनि विद्युत्का आयोजनामा लगानी गर्न तयार हुन्छन्’, उनले भने, ‘जलविद्युत् आयोजनामा लगानीको अभाव छैन । तर झन्झटिलो प्रक्रियाका कारण विद्युत्मा लगानीमैत्री वातावरण तय हुन सकेको छैन ।’

संशोधनकर्ता रघुजी पन्तले छिटोभन्दा छिटो जलस्रोत ऐन पारित गरी विद्युत् विधेयक पास गर्नुपर्ने सुझाव दिएका छन् । ‘हामी विद्युत्मा बाह्रैमहिना आत्मनिर्भर छैनौँ । आगामी दिनमा विद्युत् उत्पादन बढाउने छौँ’, उनले भने ।

सांसद सुशीला श्रेष्ठले राष्ट्रिय हित र जनउपयोगी बनाउँदै विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ विद्युत् विधेयक संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । संशोधनकर्ता मैना कार्कीले विद्युत् निर्यातबाट मुलुकको समृद्धि हासिल गर्ने गरी विधेयक संशोधन गरिनुपर्नेमा जोड दिए । संशोधनकर्ता प्रेमबहादुर महर्जनले स्वदेशमै विद्युत् खपतका लागि योजना तर्जुमा गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३