विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ५, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्यार्पु पावर कम्पनी लिमिटेडले ३.३ मेगावाटकाे साना जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले रुकुम पश्चिम जिल्लाको बाँफीकोट गाउँपालिका वडा नं. ३ (साबिक बाँफीकोट गा.वि.स वडा नं. ८)  मा ३.३ मेगावाटकाे साना जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गर्न लागेकाे हाे । 

विद्युत विकास विभागका अनुसार अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरिएको छ । अनुमतिपत्र दिनु अघि साना जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय/सुझाव माग गरेको छ ।  

यो आयोजना रन अफ रिभर प्रकारको हुनेछ र यसकाे  जडित क्षमता ३.३ मेगावाटको हुनेछ । आयाेजनाकाे  डिजाइन बहाव १.४० घनमिटर प्रति सेकेन्ड र कुल हेड २८०.२० मिटरको रहेको छ । यो आयोजनाबाट बार्षिक सरदर १७.७५ गिगावाट घन्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ । 

उत्पादित विद्युतलाई विद्युत गृहको ६.६ केभी को स्वीचयार्डमा जडान हुने ४.० एमभीए ट्रान्सफर्मरबाट करिब २ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन बाँफीकोट सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यो आयोजनाबाट १९ महिनापछि विद्युत उत्पादन गरिनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit