काठमाडौँ । विद्युत् नियमन आयोगले सेवाग्राही संस्थाहरुका लागि प्रवाह गर्दै आएको सेवालाई छिटो–छरितो र प्रभावकारी बनाउन अनलान सफ्टवेयरमा आधारित प्रणाली 'डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डिएमएस)' सञ्चालनमा ल्याउने भएको छ ।
सेवाग्राहीले सेवा प्राप्तिका लागि पेश गरेका कागजातमाथि आयोगबाट के कति कारबाही प्रक्रिया अघि बढेको छ, कागजातको अवस्था के छ, सुधार गर्नुपर्ने कमी–कमजोरी के छन् र कहिलेसम्म सेवाको आपूर्ति भइसक्छ भन्ने जस्ता विषय घर वा आफ्नै कार्यालयमा बसेर हेर्न मिल्ने गरी यस्तो प्रणाली सञ्चालनमा ल्याउन लागिएकाे आयोगले जनाएको छ ।
बुधबार एक कार्यक्रकाबिच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको उपस्थितिमा उक्त अनलाइन प्रणालीको शुभारम्भ गरिने आयोगले जनाएको छ ।