विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालमा इन्जिनियरिङ क्षेत्रको विकास, विस्तार तथा यसका विविध आयाम समेटेर लेखिएको ‘इन्जिनियर अफ इन्जिनियरिङ एजुकेसन’ नामको अंग्रेजी पुस्तक बजारमा आएको छ । काठमाडौं विश्वविद्यालय (केयू) का पूर्वरजिस्ट्रार प्रा.डा. भोला थापाले नर्वेली प्राध्यापक डा. इन्गे योहान्सनलाई मुख्य पात्र बनाएर लेखेको पुस्तकमा केयूको इन्जिनियरिङ कार्यक्रमको प्रारम्भदेखि अहिलेसम्म विकासलाई समेटिएको छ ।

केयूका पूर्वउपकुलपति डा. सुरेशराज शर्माले पुस्तक ऐतिहासिक रहेको जनाउँदै प्रायः इन्जिनियरिङ र मेडिसिन पढ्नेहरू अध्यापन पेसाभन्दा विकासका अन्य फाँटतिर जान चाहने तथा विकासोन्मुख देशमा मात्र नभई अन्यत्रका लागि पनि उपयोगी रहेको बताए । ‘आफ्नो योग्यताको सही प्रयोग र आर्थिक लाभ पनि विकासका फाँटतिरै हुन्छ भन्ने अवधारणा विश्वका धेरै देशमा पाइन्छ,’ उनले भने ।

पुस्तकमा नर्वेमा आफ्नो विधामा इन्जिनियरिङ शिक्षालाई शिखरसम्म पु¥याएका प्रा. इन्गे योहान्सनलाई नेपाल ल्याइ केयूलाई सघाएको र मार्गदर्शन गरेको योगदानको सेरोफेरोको वृत्तान्त समेटिएको छ । शर्माले थापाले केयूको इन्जिनियरिङ कार्यक्रमको ऐतिहासिक विकासक्रमलाई प्रस्ट्याउने यस्तो महत्त्वपूर्ण पुस्तक लेखेको पनि चर्चा गरे ।

डा. सीताराम अधिकारीले नेपालको इन्जिनियरिङ शिक्षाको संक्षिप्त ऐतिहासिक झलक यस पुस्तकमा पढ्न पाइने बताए । उनले भने, ‘केयूबारे अनुसन्धान गर्न चाहनेहरूका लागि अर्को कडी र महत्त्वपूर्ण दस्तावेज बनेको चर्चा गरिएको छ ।’

पूर्वरजिस्ट्रार प्रा.डा. भद्रमान तुलाधरले पुस्तकमा काठमाडौं विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षाको सुरुवात्, विकास, विस्तार, सुदृढीकरणको इतिहास र यसमा अहम् भूमिका खेलेका संस्थापक, शिक्षक र इन्जिनियरहरूबारे चर्चा गरिएको बताए । उनले भने, ‘साथै नर्वेको सहयोग प्राप्त गर्न अथक योगदान दिने प्रा.डा. इन्गे योहान्सनबारे अभिलेखका रुपमा प्रस्तुत गर्न थापाको प्रयासको प्रतीक हो ।’

लेखक थापाले आफूले अनुभव र अनुसन्धानको विषयलाई पुस्तकमा समेट्ने कोशिस गरेको बताए । उनले भने, ‘विश्वविद्यालयमा लामो समय विभिन्न जिम्मेवारीमा रहेँ । व्यस्ततामा ठीक बेठीक के गरेँ, हेर्ने फुर्सद पनि भएन । विशेषतः इन्जिनियरिङ कार्यक्रममका स्वप्नदर्शीहरुले कस्तो सपना देख्नुभएको थियो ? त्यसको नक्सा कसले कस्तो कोर्नुभयो ? त्यसलाई मूर्त रुप दिने वा निर्माण गर्न को–को आउनुभयो र जानुभयो ? साँच्चै काठमाडौं विश्वविद्यालयको ‘इन्जिनियरिङका शिक्षाका इन्जिनियर’ को हुनुहुन्छ होला ?

उहाँको योगदान भविष्यको पुस्ताले सम्झँला कि नसम्झँला ? विश्वविद्यालय विकासका इतिहासक्रम र दस्तावेज भविष्यका पुस्ताले हेर्न पाउलान् कि नपाउलान् ? त्यसैले विश्व बैंक, एसियाली विकास बैंक र पूरै सरकार लाग्दा पनि सुरु नभएको इन्जिनियरिङको शैक्षिक कार्यक्रम काठमाडौं विश्वविद्यालयमा सुरु हुँदा र सञ्चालन हुँदाको इतिहास महत्वपूर्ण हुनसक्छ भनेर यो पुस्तक तयार पारेको हुँ ।’

पुस्तकले इन्जिनियरिङ शिक्षालाई बुझ्न र नेपालमा यसको महत्त्व उजागर गर्न सफल हुने आशा राखेको प्रकाशक समा थापाले बताइन् । उनले पुस्तकमा काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङ विषयको सुरुवात् र त्यसले नेपालमै पारेको प्रभावलाई उधिनेको विचार व्यक्त गरिन् ।

थापा काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्रोफेसर हुन् । लेक्चररबाट अध्यापन सुरु गरेका थापाले असिस्टेन्ट प्रोफेसर र असोसिएट प्रोफेसर हुँदै प्राज्ञिक क्षेत्रमा लामो यात्रा तय गरेका छन् । उनी विभागीय प्रमुख, डिन, रजिस्ट्रार र कार्यवाहक उपकुलपतिको जिम्मेवारीमा रहेर प्रशासनिक योगदानसमेत दिँदै आएका छन् । उनले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट सन् २००४ मा मेकानिकल इन्जिनियरिङ विषयमा विधावारिधी गरेका छन् ।

त्यसअघि उनले भारतको पिलानीको बिरला इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीबाट मेकानिकल इन्जिनियरिङमा मास्टर्स र चण्डीगढको पञ्जाव इन्जिनियरिङ कलेजबाट स्नातक गरेका छन् । उनको नेपालको स्थानीय समुदायका लागि व्यावसायिक अनुसन्धान गरेर ज्ञानको विकास र विस्तार गर्नमा अग्रणी भूमिका रहेको छ । 

त्यस्तै, प्रा.डा. थापाले सन् १९९४ मा काठमाडौं विश्वविद्यालयबाट अध्यापन सुरु गरेका हुन् । उनले हाइड्रो टर्वाइन विषयमा काठमाडौं विश्वविद्यालयबाट वैज्ञानिक अनुसन्धान सुरु गरेका छन् । साथै उनले नवीकरणीय ऊर्जा र अनुसन्धान कार्यक्रमहरुको व्यवस्थापन र समन्वय गर्दै आएका छन् । यसअघि थापाले ‘इन्जिनियरिङ शिक्षाका इन्जिनियर’ पुस्तक प्रकाशित गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit