विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बैंकिङ सेवा नियमित भएका स्थानमा विद्युत् महसुल संकलन काउन्टर खुलाएको छ । प्राधिकरणले विद्युत महसुल तिर्न आउने ग्राहकलाई सेवा दिन निशेधाज्ञामासमेत काउन्टर खुलाएको हो । तर, यसाे गर्दा संक्रमणकाे उच्च जाेखिम रहेकाे कर्मचारीहरूले गुनासाे गरेका छन् ।

काउन्टर खुलाइए पनि महसुल तिर्न आउने ग्राहकको चाप भने धेरै छैन । कोरोना संक्रमण बढेका अधिकांश जिल्लामा निशेधाज्ञा लागेकाले काउन्टरमा महसुल तिर्न आउने ग्राहकको भीड नदेखिएको विभिन्न वितरण केन्द्रहरूले जानकारी दिएका छन् ।

पूर्वका वितरण केन्द्रहरूले सुरक्षाको उपाय अपनाई आवश्यकताअनुसार मात्रै महसुल काउन्टर खोल्ने गरेको प्रदेश १ प्रादेशिक कार्यालय विराटनगर प्रमुख टेकनाथ तिवारीले बताए । ‘धेरै ग्राहकले अनलाइनबाटै महसुल भुक्तानी गर्ने हुँदा खासै भीड त हुँदैन,’ उनले ऊर्जा खबरसँग भने, ‘महसुल तिर्न धाएर कार्यालयसम्म आउने ग्राहकलाई पनि सेवा दिने गरी सावधानीपूर्वक काउन्टर खुलाइएको छ ।’

सम्बन्धित वितरण केन्द्र रहेका जिल्लाका नगरपालिकाले बन्द गर्न भने पनि प्राधिकरणले काउन्टर खुलाइरहेकाे पूर्वाञ्चलमा कार्यरत एक कर्मचारीले ऊर्जा खबरसँग गुनासाे पाेखे । 'नगरपालिका, बैंकहरू सबै भन्द छन्, हाम्राे मात्र काउन्टर खुलिरहेकाे छ । यसाे हुँदा हामी काम गर्नेलाइ बढी जाेखिम भयाे,' उनले भने, 'हामीले गुनासाे गर्दा माथिकाे निर्देशन काउन्टर खुलाउनुपर्छ भन्ने आएकाे बताइन्छ ।'

नाे लाइट र फिल्डमा खटिने कर्मचारीका लागि संक्रमणकाे उच्च जाेखिम रहेकाे तिवारीले समेत स्वीकारेका छन् । तैपनि, विद्युत् नियमित गर्नुपर्ने प्राधिकरणकाे दायित्व भएकाे हुँदा यस्ता ठाउँमा नचाहेर पनि कर्मचारी खटाउनुपरेकाे छ । कर्मचारीलाई उच्च सतर्कता अपनाउन भनिएकाे र यसमा प्रादेशिक कार्यालय पनि संदेदनशील भएर लागेकाे उनकाे भनाइ छ ।

काउन्टर र फिल्डमा खटिने कर्मचारीका लागि प्राधिकरणले ५० प्रतिशत भत्ताकाे व्यवस्था गरेकाे छ । दैनिक गतिविधि र क्यास फ्लाे (नगद प्रवाह) मा समस्या आउन नदिन विशेष सतर्कता अपनाएर केही ठाउँमा काउन्टर सञ्चालनमा ल्याएकाे प्राधिकरणले बताएकाे छ ।

बैंक खुलेको दिनमात्रै काउन्टर खुलाउने गरेको उनले बताए । उनका अनुसार अहिले पूर्वमा बैंकहरूले साताको केही दिनमात्र सेवा दिन थालेकाले बैंकको तालिका अनुसार प्राधिकरणले पनि काउन्टर खुलाउने गरेको छ । भरतपुर वितरण केन्द्रको महसुल काउन्टर भने निशेधाज्ञापछि बन्द छ । ग्राहकलाई काउन्टरमा आएर भन्दा अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गरिएको वितरण केन्द्र प्रमुख राजीव सिंहले बताए ।

‘चितवनमा निशेधाज्ञा लागेकाले ग्राहक महसुल तिर्न प्राधिकरण कार्यालय आएका छैनन् । ग्राहक नआएकाले हाम्रो काउन्टर पनि बन्द छ’ उनले भने । उनले कोरोना संक्रमणको जोखिम उच्च रहेकाले अर्को व्यवस्था नहुन्जेलका लागि मिटर रिडिङको काम पनि रोक्न छलफल भइरहेको बताए ।

उता बुटवल प्रादेशिक कार्यालयले हेर्ने जिल्लामा पनि महसुल काउन्टर खुलेका छन् । कार्यालय समयअनुसार नै महसुल संकलन काउन्टर खुलाउने गरेको प्रादेशिक कार्यालय प्रमुख मुनिन्द्र ठाकुरले बताए । ‘थोरै कर्मचारी राखेर महसुल संकलन काउन्टरहरू खुलाएका छौ,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, ग्राहकको उपस्थिती खासै छैन ।’ उनले काउन्टर नियमित खुले पनि ग्राहक नै नआउने गरेको बताए । महसुल तिर्ने ग्राहकको संख्या बढेमा कर्मचारी थपेर छिटो सेवा दिने व्यवस्था गरिएको उनले बताए ।

रत्नपार्क वितरण केन्द्रको महसुल संकलन काउन्टर पनि खुलेको छ । बिहान १० देखि २ बजेसम्म काउन्टर खुलिरहेको केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठले बताए । उनका अनुसार दैनिक ५० देखि ६० जना ग्राहक महसुल तिर्न काउन्टरमा आउने गरेका छन् ।

महसुल काउन्टर खुलाउने वा बन्द गर्ने निर्णय लिने अधिकारी सम्बन्धित वितरण केन्द्र प्रमुखहरूलाई दिएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बताए । ‘प्राधिकरणले कोराना महामारी सुरु भएदेखि नै ग्राहकलाई अनलाइन महसुल भुक्तानीका लागि प्रोत्साहन गर्दै आइरहेको छ,’ उनले भने, ‘निशेधाज्ञामा धेरै ग्राहकले अनलाइनबाटै महसुल भुक्तानी गरिरहेकाले काउन्टर खुलाउने वा बन्द गर्न सक्ने निर्णय कार्यलय प्रमुखमा निहित छ ।’ 

उनले कार्यालय प्रमुखले स्थानीय प्रशासनसँगको समन्वयमा आवश्यकताअनुसार काउन्टर खोल्ने तथा बन्द गर्ने कार्य गरिरहेको बताए । निशेधाज्ञामा कडाई गरिएका जिल्लामा भने महसुल संकलन काउन्टर बन्द गरिएको न्यौपानेले बताए ।

महसुल संकलन काउन्टर नियमित खोल्नु पर्दा कोरोना संक्रमित हुने जोखिम उच्च रहेको कर्मचारीहरूले गुनासो गरेका छन् । थोरै संख्यामा भए पनि महसुल तिर्न दैनिकरूपमा ग्राहक आइरहेकाले संक्रमित हुने जोखिममा आफुहरू रहेको उनीहरूको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit