विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
बाढीले जलविद्युत् संरचनामा क्षति

काठमाडाैँ । रसुवामा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरू हुन अझै ५ महिना लाग्ने भएको छ । गत असोज ११ र १२ गते आएको भीषण बाढी र पहिरोले आयोजनाका निर्माणाधीन संरचनामा क्षति पुर्‍याएपछि आयोजनको विद्युत् उत्पादन मिति पर सरेको हो ।  

बाढीले आयोजनाको निर्माण सामाग्री तथा सुरूङमा लेदो पसेको, बाँध, आवास भवन र पहुँचमार्गमा ठूलो क्षति पुर्‍याएकोले निर्माण पूरा गरी सञ्चालनको तयारीमा रहेको आयोजनाको उत्पादन मिति धकेलिएको मल्टी इनर्जी डेभलपमेन्ट प्रालिका इन्जिनियर नारायण सुवेदीले बताए । 

‘निर्माण सम्पन्न हुने बेलामा गत असोज १२ को बाढीले आयोजनामा ठूलो क्षति पुर्‍याएको हो,’ उनले ऊर्जा खबरसँग भने, ‘क्षतिग्रस्त संरचनासमेतको निर्माण तीव्र गतिमा भइरहेकोले आउँदो वैशाखसम्ममा निर्माण सकेर विद्युत् उत्पादन शुरू गर्ने लक्ष्य राखेका छौँ ।’ 

उनका अनुसार ४ अर्ब रूपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा बाढीका कारण १२ करोड क्षति भएको छ । ‘बाढीले संरचनामा बढी क्षति पुर्याएको र निर्माण अवधि लम्बिएका कारण यसको कुल लागत बढ्नेअनुमान गरिएको छ,’ उनले भने । 

उनका अनुसार आयोजनामा कुल लागतको २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत बैंकको ऋण लगानी रहेको छ । आयोजनामा सनराइज बैंकको अगुवाईमा ३ वटा बैंकले ऋण लगानी गरेका छन् ।

प्रवद्र्धक कम्पनीले २०७८ जेठ देखि आयोजनाको सिभिल संरचना बनाउन शुरू गरेको थियो । २६ महिनाभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने कम्पनीको लक्ष्य थियो । उक्त लक्ष्य अनुसार आयोजनाबाट २०८० असारभित्र विद्युत् उत्पादन भइसक्नुपर्ने थियो । लक्ष्यभन्दा १७ महिना ढिलो भइसकेको आयोजनामा बाढीले क्षति पुर्‍याएका संरचनासहित समग्र निर्माण सक्न अझ ५ महिना लाग्ने उनले बताए । 

आयोजनाको सिभिल संरचना निर्माणको काम नेपालकै वाइबा कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । 

शुरुमा १० मेगावाट क्षमतामात्रै रहेको यस आयोजनालाई पछि २० मेगावाट क्षमतामा निर्माण गर्ने गरी अघि बढाइएको थियो । त्यसका लागि कम्पनीले आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन समेत स्वीकृति गराएको थियो । आयोजनाको क्षमता २० मेगावाट बनाइएपछि इपिसिएफ (इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन एण्ड फाइनान्स) मोडलमा निर्माण गर्ने गरी यो आयोजना निर्माणको ठेक्का सम्झौता चिनियाँ कम्पनीसँग भएको थियो । त्यस सम्झौता अनुसार आयोजनाको निर्माण २०७७ चैत ३१ गते पूरा गर्ने लक्ष्य राखिएको थियो । तर, कोरोना (कोभिड–१९) महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि ठेक्का तोडेर फेरि नेपाली कम्पनीलाई नै निर्माण जिम्मा दिएको थियो । 

कोभिडका कारण पहिलाबाट नै ढिलो हुँदै आएको यस आयोजना गत असोजमा आएको बाढीले अझै निर्माण अवधि लम्बिएको इन्जिनियर सुवेदीले बताए । 

आयोजनाको विद्युत् चिलिमे हब सबस्टेसनमा जोड्ने योजना छ । त्यसका लागि आयोजनाको विद्युत्गृहदेखि चिलिमे हबसम्म आावश्यक साढे ४ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैँले निर्माण गर्ने छ । 

आयोजनाबाट वार्षिक १३३.३ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । जसमा सुख्खायामको उत्पादन ३४.७ गिगावाट घन्टा र बर्खायामको उत्पादन ९८.६ गिगावाट घन्टा हुनेछ । यो आयोजना लाङटाङ निकुञ्ज क्षेत्रभित्र पर्दछ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३