विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङको दोर्दी खोलामा निर्माणाधीन १२ मेगावाटको दोर्दी-१ जलविद्युत आयोजनाको काम ९८ प्रतिशत पूरा भएको छ । दोर्दी खोला जलविद्युत कम्पनीले निर्माण गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको बाँध, पेनस्टक पाइप, विद्युतगृहलगायत सबै संरचनाको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निर्माण सकिन लागेको आयोजनामा जडान भएका हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरणको परीक्षण सुरु गरिएको छ । आयोजनाको संरचना तथा उपकरणको परीक्षण सकिएपछि विद्युत उत्पादन थालिनेछ । 

आयोजनाको बाँध क्षेत्रको सिभिल निर्माणको काम सकिन लागेको अवस्थामा गत बर्खामा आएको बाढीले डिसेन्डरको सुरक्षा पर्खाल र सेटलिङ बेसिनमा क्षति पुर्याएको थियो । अहिले बाँधको सुरक्षा पर्खाल बनाउने काम भइरहेको छ ।

गत जेठमा पूरा भएको २.५ किलोमिटर मुख्य सुरुङको ढलान गर्ने, सफा गर्नेलगायत फिनिसिङ सकिएको छ । अहिले अन्तिम चरणको छुटेको काम भइरहेको छ । ७१५ मिटर लामो पेनस्टक पाइप जडानको काम पनि सकिएको कम्पनीले जानकारी दिएको छ।

विद्युतगृहको सिभिल संरचनाको काम सकिएको छ । विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सम्पन्न गरी उपकरण परीक्षणको काम भइरहेको कम्पनीले जनाएको छ । विद्युतगृहमा पनि गत असारमा आएको बाढी पस्दा मेसिन हलनै ढुवानमा परेको  थियो ।

आयोजनाको सिभिल संरचना निर्माणको काम पुरा गरी साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य थियो तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) महामारीको असरले आयोजना धकेलिएको छ । साथै, गत असारमा आएको बाढी पहिरोले आयोजनामा क्षति पुग्दा उत्पादन तालिका पछि सर्दै आएको थियो।

अब भने आयोजना विद्युत उत्पादनको चरणमा पुग्न लागेको छ । आयोजनाबाट उत्पादन हुने विद्युत दोर्दी कोरिडोरको किर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ ।  सबस्टेसनसम्मको आवश्यक ३.५ किलोमिटर लामो प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गरिरहेको छ ।

प्रसारण लाइनको आवश्यक १५ वटा टावर ठड्याएसकिएको पनि कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रुख कटान गरि तार तान्ने काम भइरहेको छ । आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्न २ अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा सानिमाको अगुवाईमा ५ बैंकले ऋण लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३