विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक ५ सय मेगावाट विद्युत खेर गइरहेको बताएका छन् । विद्युत प्राधिकरण कर्मचारी संघको १२औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

देशका विभिन्न स्थानमा भएको वर्षाका कारण आन्तरिक खपत घटेकाले तथा बिहारतर्फ निर्यात हुने विद्युतको परिमाण पनि घटेकाले धेरै विद्यु खेर गइरहेको बताए । उनले विद्युत खेर जाने अवस्थाको आँकलन १ वर्षअघि नै भइसकेको भए पनि सोही अनुसार योजना बनाएर काम नगर्दा अहिले विद्युत खेर फाल्नु परिरहेको बताए ।

‘आजको स्थिती आउँछ भन्ने १ वर्षअघि नै थाहा भएको कुरा हो,’ उनले भने, ‘यो अवधिमा गर्नुपर्ने काम प्राधिकरणले गर्न नसकेकाले आजको स्थिती बेहोर्नु परेको हो ।’ उनले अहिले खेर गइरहेको विद्युतको उपयोगका लागि आजको आजै माग बढाउन नसकिने बताए । उनले विद्युत खेर गयो भनेर आत्तिनु पर्ने अवस्था भने आइनहालेको बताए ।

उद्योगको माग पूरा गर्न सकेमा आन्तरिक खपत बढाउन सकिने उनले बताए । ‘हाम्रो आन्तरिक माग बढेर १६ सय मेगावाट माथि पुगिसकेको छ । उद्योगले विद्युत मागिरहेका छन् । यति हुँदा हुँदै पनि अन्तरदेशीय विद्युत व्यापार गर्नुपर्ने आवश्यकता छ’ उनले भने ।

नेपालको विद्युत भारत, बंगालादेशसहित सार्क राष्ट्रमा पुर्याउने दिशामा राजनितिक तहबाटै प्रक्रिया अघि बढ्नु पर्नेमा उनले जोड दिए । प्राधिकरणलाई नयाँ आयोजना नबनाएको भन्ने आरोप लाग्दै आएकोमा अब २ हजार मेगावाटका आयोजना अघि बढाएको बताए ।

प्राधिकरणले ४५० मेगावाटको अरुण–४ जलविद्युत आयोजनाको अनुमतिपत्रका लागि पनि आवेदन दिएको घिसिङले बताए । निजी क्षेत्रको विद्युत प्रवाहका लागि निर्माण भइरहेका समस्याग्रस्त केही प्रसारण लाइनको मात्रै काम बाँकी रहेको उनले बताए ।

अबको चुनौती खपत बढाउनु रहेको बताउँदै घिसिङले माग बढी हुने तराईका जिल्लामा ४ हजार मेगावाटको माग धान्ने गरीको ४०० र २२० केभी उच्च क्षमताको प्रसारण लाइन प्राधिकरणले बनाउने बताए ।  

प्राधिकरण कर्मचारी ट्रेड युनियनका सम्बन्धमा बोल्दै उनले आधिकारिक ट्रेड युनियनको चयनका लागि चाँडै निर्वाचन गराउने प्रतिबद्धता जनाए । उनले प्राधिकरण व्यवस्थापनबाट पछिल्लो ४ वर्षमा कर्मचारीको हकहितका लागि ट्रेड युनियनहरूले उठाएका धेरै माग  सम्बोधन गरेको बताए । उनले प्राधिकरणको वित्तीय स्वास्थ्य सुधार हुँदा कर्मचारीको सेवा सुविधा बढाउन सकिने हुँदा ट्रेड युनियनसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

टेड युनियनले माग मात्रै राख्ने नभई आफ्नो दायित्व पनि निर्वाह गर्नुपर्नेमा घिसिङले जोड दिए । कर्मचारी संघको १२औं महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ । शनिबारसम्म चल्ने महाधिवेशनले कर्मचारी संघको नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit