विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत खपत गर्ने उपभोक्ता बढेसँगै एक वर्षमा विद्युतको माग १ सय ६९ मेगावाट बढेको छ । विगतमा एक वर्षमा ९० देखि १ सय मेगावाट हाराहारीमा विद्युत माग बढ्ने गरेकामा यो वर्ष हिउँदमा उच्च माग ह्वातै बढेको हो । 

गत आइतबार (पुस १२ गते) विद्युतको उच्च माग बढेर १४ सय ५७ मेगावाट पुग्यो । यो अघिल्लो वर्षको यही दिनकोभन्दा १ सय ६९ मेगावाट बढी हो । २०७६ पुस १२ गतेको उच्च माग १२ सय ८८ मेगावाट थियो ।

अहिले पनि बढी विद्युत खपत हुने बिहान र साँझको समयमा उच्च माग साढे १४ सय मेगावाट हाराहारीमा पुगिरहेको विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । उनका अनुसार उपत्यकासहित देशभरमा चिसो बढेर एसी, हिटरलगायत विद्युतीय उपकरणको प्रयोग बढेकाले माग उकालो लागिरहेको छ ।

उपत्यकाको माग पनि बढेको छ । रातको समयमा ८१ मेगावाट हाराहारीमा विद्युत खपत भइरहेकोमा उच्च माग ३ सय ७६ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।

नदी प्रवाही जलविद्युतगृहको उत्पादन घटेपछि माग व्यवस्थापन गर्न कुलेखानी जलाशय २४ घन्टा चलाइएको छ । आन्तरिक उत्पादनले माग व्यवस्थापन हुन नसकेकाले भारतमाथिको परनिर्भरता पनि बढेको छ । माग उच्च हुने समयमा भारतबाट ६ सय मेगावाट बढी विद्युत आयात भइरहेको छ ।

आइतबार भारतबाट ६ सय ३२ मेगावाट विद्युत आयात भएको तिम्सिनाले जानकारी दिए । यो गत वर्षको सोही दिनको आयातभन्दा १ सय ६१ मेगावाट बढी हो । गत वर्ष यही दिन भारतबाट ४ सय ७१ मेगावाट विद्युत आयात गरिएको थियो ।

विद्युत प्राधिकरणका जलविद्युतगृहबाट ५ सय ५ मेगावाट उत्पादन हुँदा निजी क्षेत्रका आयोजनाले ३ सय २० मेगावाट हाराहारीमा विद्युत उत्पादन गरिरहेका छन् । निजी क्षेत्रको जडित क्षमता ७ सय मेगावाट भए पनि हिउँदमा क्षमताको ४० प्रतिशत मात्रै विद्युत उत्पादन गरिरहेका छन् ।

विद्युत माग अझै बढ्न सक्ने तिम्सिनाले बताए । प्राधिकरणले नियमितरूपमा विद्युतीकरण विस्तार गरिरहेकाले उपभोक्ताको संख्या थपिँदा माग बढ्नु स्वभावि भएको उनको भनाई छ । ‘हरेक वर्ष विद्युतका ग्राहक बढ्छन् । ग्राहकको संख्या थपिँदा खपत बढ्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘खपत बढेपछि माग पनि बढिरहेको छ ।’

खपत बढेपछि विद्युत प्राधिकरणको वितरण प्रणालीमा समस्या देखिन थालेको छ । प्राधिकरणलाई साँझकाे माग व्यवस्थापन गर्न समस्या भएकाे छ । प्रणालीले माग धान्न नसकेकै कारण आइतबार र सोमबार साँझ पटक–पटक विद्युत लाइन काटिँदा उपभोक्ताले सास्ती खेप्नु पर्यो । उपत्यकामा केही स्थानमा एकैछिनमा लाइन सुचारु भए पनि कहीं कहीं २ घन्टासम्म सेवा अवरुद्ध हुनपुग्यो । 

लामाे समय विद्युत सेवा अवरुद्ध हुँदा उपभाेक्ताले सामाजिक सञ्जालमार्फत प्राधिकरणमाथि आक्रोश  पाेखे । धेरैले प्राधिकरणले अघाेषित लाेडसेडिङ गरेकाे आराेपसमेत लगाए ।

प्रणालीमा देखिएको समस्या समाधान गर्न प्राधिकरणले ओभर लोड भएका सबस्टेसनको लोड कम लोड भएका सबस्टेसनमा सारेर आपूर्ति व्यवस्थापन गर्ने तयारी गरेको छ । हिउँदमा तराईका जिल्लाको विद्युत माग घट्ने भए पनि काठमाडौं उपत्यकासहित हिमाली तथा उच्च पहाडी जिल्लाको विद्युत माग सधैं बढ्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit