काठमाडौँ । विद्युत् विकास विभागले गोल्यान ग्रुप अन्तर्गतको पियोर इनर्जी लिमिटेड–१ लाई सम्मान गरेको छ । विभागको आज सम्पन्न ३१औं वार्षिकोत्सवको अवसरमा कम्पनी सम्मानित भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काद्वारा प्रदान गरिएको सम्मानपत्र गोल्यान ग्रुप ऊर्जा व्यापार मुख्य कार्यकारी अधिकृत प्रवीण आर्यालले ग्रहण गरेका थिए । पियोर इनर्जीले बाँकेको खजुरा गाउँपालिका, रानियापुरमा २० मेगावाट सोलर पि.भि. विद्युत् आयोजना निर्माण अगाडि बढाएको छ ।
पियोर इनर्जी लिमिटेड–१ र २ ले निर्माण गरेको २० मेगावाट साैर्य विद्युत् आयाेजनाको निर्माण पूरा भई सञ्चालनमा आइसकेको छ । विभागले प्रदान गरेको हौसला र हासिल भएको उपलब्धि देशको हरित भविष्यका लागि महत्वपूर्ण आधार हुने कम्पनीको विश्वास छ ।