विद्युत अपडेट

  • प्राधिकरण : ८४६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५२१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५१८६ मे.वा.घन्टा
  • आयात : ११६८९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४१२० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४६८३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३८ मे.वा.
२०८२ ब‌ैशाख १३, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा निर्माणाधीन १४० मेगाावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याएको छ । असारको अन्तिम साता परेको अविरल वर्षापछि सेतीनदीमा आएको बाढीले बाँध क्षेत्र र ‘कुलिङ प्लान्ट’मा क्षति पुर्‍याएको हो ।

बाढीका कारण प्याकेज–१ अन्तर्गत बाँध क्षेत्रमा क्षति पुगेको सो आयोजनाले जनाएको छ । क्षतिको सर्भे टोली आएर मूल्यांकन गरेपछि मात्रै यकिन विवरण आउने आयोजना प्रबन्ध निर्देशक किरण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार (क्रसिङ प्लान्ट) गिट्टी र बालुवा उत्पादन गर्ने, गिट्टी र बालुवालाई चिसो बनाउने (कुलिङ प्लान्ट) सामानका स–साना सातवटा बक्सा रातकाे समयमा बगाएको हो । 'दुवै प्लान्टका इक्युप्मेन्ट बाढीले बगाउने खतरा बढेपछि सुरक्षित स्थानमा सारिएको छ,' उनले भने, 'नदी किनारमा बसेर काम गर्नुपर्ने भएकाले पानी परेको समयमा माथिबाट स–साना ढुंगा खसिरहने हुँदा काम गर्न पनि कठिनाइ भएको छ ।'

प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीसँगको ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेदेखि कार्यान्वयनमा आएको थियो ।

आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को निर्माणका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गतेखरिद सम्झौता भएको थियो ।

त्यसैगरी, प्याकेज–३ अन्तर्गत दमौलीदेखि चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता विसं २०७५ फागुन १० मा कार्यान्वयनमा आएको थियो । उनका अनुसार प्याकेज–१ मा ३५, प्याकेज–२ मा ७३ र प्याकेज–३ मा ७३ प्रतिशतका साथै आयोजनाको समग्रमा ५९ प्रतिशत प्रगति भएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३