विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड र मोलुङ्ग हाइड्रो पावर कम्पनी लिमिटेडले जलविद्युत् केन्द्रको बिजुली बिक्री गरी करिब १४ करोड रुपैयाँ आम्दानी गरेका छन् । यी कम्पनीले आर्थिक वर्ष २०८०/८१ को ३ महिनाको अवधिमा सो आम्दानी गरेका हुन् । 

साउनदेखि असोजसम्ममा दुई कम्पनीले १३ करोड ९४ लाख १२ हजार ४ सय रुपैयाँ आम्दानी गरेको यी कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरणमा उल्लेख छ ।

नेशनल हाइड्रोले विद्युत् बिक्रीबाट ६ करोड ५२ लाख ९८ हजार ३ सय ९४ रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको आम्दानी गत वर्षको तुलनामा बढेको देखिएको छ । कम्पनीले गत वर्ष ६ करोड ३६ लाख २८ हजार ४ सय रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीको आम्दानी बढेपनि खुद नाफा भने घटेको देखिएको छ । गत वर्ष ६८ लाख १८ हजार ३ सय रुपैयाँ नाफा कमाएको यस कम्पनीले यो अवधिमा ४५ लाख ९१ हजार १ सय रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको हाल सिन्धुपाल्चोकमा ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालन छ । 

यसैगरी, मोलुङ हाइड्रोले पनि विद्युत् बिक्रीबाट ७ करोड ४१ लाख १४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ७ करोड ५१ लाख ६३ हजार ७ सय रुपैयाँ आम्दानी गरेको यस कम्पनीले यो अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी घटेको देखिएको छ ।

विद्युत् बिक्रीबाट हुने आम्दानी घटेपनि कम्पनीको खुद नाफा भने बढेको छ । यो अवधिमा कम्पनीले ३ करोड ४३ लाख ६४ हजार २ सय रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष २ करोड ६८ लाख २ हजार ४ सय रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीले ओखलढुंगामा ७ मेगावाटको मोलुङ्ग खोला जलविद्युत् आयोजना निर्माण गरी २०६४ चैत १२ गतेदेखि सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit