विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८०/८१ मा नयाँ प्रविधिमा आधारित २६६ सिँचाइ आयोजनाको काम सुरु गर्ने भएको छ । ‘कृषिको आधारः सिँचाइमा सुधार’ अभियानलाई निरन्तरता दिँदै भौगोलिक आधारमा पकेट क्षेत्र पहिचान गरी सतह, भूमिगत तथा लिफ्ट सिँचाइ र नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजना सुरु गर्न लागिएको हो ।

आयोजना कार्यन्वयन गर्नका लागि ६६ करोड रुपैयाँ छुट्याएको आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बताए । साथै, निर्माणाधीन मझौला तथा साना सिँचाइ तर्फका ७६ र भूमिगत तर्फका १२९ आयोजनाको काम पूरा गर्न ८७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसका थप १४५० हेक्टर जमिनमा सिँचाइ सेवा विस्तार हुने र ३४५० हेक्टर जमिनमा सिँचाइ पूर्वाधार निर्माण सुरु भई रोजगारी समेत अभिवृद्धि हुने जनाइएको छ ।

कृषक स्वयमको व्यवस्थापनमा परम्परागत रुपमा सञ्चालित १५० वटा सिँचाइ प्रणाली मर्मत संभार गरी करिब १३५० हेक्टर जमिनमा सिँचाइ सेवा पूर्ण क्षमतामा सञ्चालन गर्न ४४ करोड रुपैयाँ छुट्याइएको छ ।

वर्षभरी सिँचाइ सेवा पुगी नगदे बालीको उत्पादन, रोजगारी सृजना, आयआर्जन वृद्धिमा समेत पुर्याउने उद्देश्यले तराईका ६ जिल्लामा २५ हेक्टर भन्दा ठूला क्लष्टरको रुपमा ६०० वटा स्यालो ट्युबवेल कार्यक्रममार्फत सिँचाइ विस्तार गरिनेछ । यसका लागि ९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

यसैगरी, जलउत्पन्न प्रकोप न्यूनिकरण तथा व्यवस्गापन गर्न जोखिमयुक्त क्षेत्रमा नदी तटबन्ध गरी मानववस्ती, सिँचाइ संरचना तथा खेतीयोग्य जमिनको संरक्षण गर्ने कार्यक्रमलाई माग र औचित्यताको आधारमा निरन्तरता दिन ५६ करोड रुपैयाँ छुट्याएको मास्कीले बताए । यसबाट ३७ किलोमिटर नदी तटबन्ध हुने, १० हजार जनसंख्या लाभान्वित हुने र ४५ हेक्टर जमिन उकास हुनेछ ।

यसैगरी ‘उज्यालो प्रदेशः लुम्बिनी प्रदेश’ अभियान अनुरुप विद्युत सेवाको स्तरोन्नती गर्ने र विद्युत नपुगेका दुर्गम क्षेत्रमा वैकल्पिक ऊर्जाको माध्यमबाट विद्युत सेवा विस्तार गरिनेछ । लुम्बिनी प्रदेश सरकारले ऊर्जा विकासका लागि १५ करोड बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit