विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
नेपाल–भारत ऊर्जा मन्त्रीस्तरीय भेटवार्ता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ । भारतको भ्रमणमा रहेका मन्त्री खड्काले मङ्गलबार राती नयाँदिल्लीमा भारतका विद्युत्मन्त्री खट्टरसँग भेट गरेका हुन् । 

भेटमा नेपाल–भारतबीचको विद्युत् आयत÷निर्यात, बङ्गलादेशसँगको विद्युत् व्यापार, अन्तरदेशीय ४०० केभी प्रसारण लाइन निर्माणलगायतका विषयमा छलफल भएको भेटमा सहभागी मन्त्रालयका ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए । 

यस्तै, भेटका क्रममा मन्त्री खड्काले अरुण करिडोरको ट्रान्समिसन लाइन चाँडो निर्माण गर्न र पञ्चेरश्वर परियोजनालाई अगाडि बढाउन भारतसमक्ष प्रस्ताव राखेका थिए । भेटमा भारतका विद्युत्मन्त्री खट्टरले नेपालका ठूला विद्युत् आयोजना निर्माणमा भारतको साथ र सहयोग रहेको बताए । 

बैठकमा नेपालका ऊर्जा मन्त्रालयका ऊर्जा विज्ञ अधिकारी र भारतीय विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालले दुई मन्त्रीले उठाएको विषयलाई व्याख्या गरेका थिए । भेटमा भारतका मन्त्रीसँगै विद्युत् मन्त्रालयका सचिव अग्रवाल, केन्द्रीय विद्युत् प्राधिकरणका प्रमुख इन्जिनीयर बीएस वैरवालगायत भारतीय उच्च अधिकारीहरूको सहभागीता थियो ।

यस्तै, नेपालको तर्फबाट मन्त्री खड्कासँगै मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारी, विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंह, ऊर्जा मन्त्रीका आर्थिक सल्लाहकार अमित श्रेष्ठसँगै नयाँदिल्लीस्थित नेपाली राजदूताबासका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३