विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सहायक रघुगङ्गा हाइड्रो पावर लिमिटेडले म्याग्दीकाे रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ छिचाेलिएकाे छ । गाउँपालिका–३ पिप्लेस्थित मुख्य सुरुङको अन्तिम विन्दुदेखि तिल्केनी चौरमा निर्माणाधीन विद्युत्‌गृहमा पानी खसाल्ने पाइप लाइन राख्ने सुरुङ जोडिएको हो ।

कम्पनीका प्रबन्ध निर्देशक गणेश केसीका अनुसार अहिलेससम्म आयोजनाको समग्र भौतिक प्रगति ७५ प्रतिशत र वित्तीय प्रगति ६५ प्रगति पुगेकाे छ ।

१०७५ मिटर लामो प्रेसर साफ्ट जोडिएको कम्पनीले जनाएकाे ५ । अडिट २ र ३ को सुरुङ, ३२९ मिटर र १९६ मिटर लामो भर्टिकल प्रेसर साफ्ट यसअघि नै जोडिएको थियो । उनका अनुसार ६ हजार २ सय ७० मिटर लामो सुरुङमध्ये अडिट १ र २ जोड्ने एक सय २५ मिटर मात्र खन्न बाँकी छ । दोस्रो र तेस्रो अडिट जोड्ने ३ हजार ८ सय ३६ मिटर लामो सुरुङ गत फागुन १० गते जोडिएको थियो ।

 भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६ कराेड ७० लाख अमेरिकी डलर सहुलियत ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी) सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपियाे । २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले भारतमा निर्माण गरेका उपकरणको परीक्षण गरी आयातको प्रक्रिया अघि बढाएको छ । इलेक्ट्रो मेकानिकलतर्फको भौतिक प्रगति २२ प्रतिशत पुगेकाे जनाइएकाे छ ।

आंशिकजलाशय (पिआरओआर) प्रकृतिकाे याे आयाेजना कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँग ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा निर्माण अघि बढाइएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३